Sunday, May 22, 2016

म सफेद थिएँ

म सफेद थिएँ
रंग पोतीनुअघिको क्यानभाषजस्तो
कविता लेखीनुअघिको कागजजस्तो
मन साट्टिनुअघिको प्रेमजस्तो
अनायासै तिमी आयौ
सप्तरंगी रंगहरु बोकेर
थाहै भएन कुन दिन म तिम्रो रंगमा घुलेछु
र तिमीजस्तै रंगीन बनेछु
आज निक्कै समयपछि
जब आफ्नै सफेदपन चाहियो
जिजिबिषाका लागी
तब पहिलोपटक आफ्नै खोजिमा
यो कविता लेख्दैछु ।

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...