Sunday, May 22, 2016

म सफेद थिएँ

म सफेद थिएँ
रंग पोतीनुअघिको क्यानभाषजस्तो
कविता लेखीनुअघिको कागजजस्तो
मन साट्टिनुअघिको प्रेमजस्तो
अनायासै तिमी आयौ
सप्तरंगी रंगहरु बोकेर
थाहै भएन कुन दिन म तिम्रो रंगमा घुलेछु
र तिमीजस्तै रंगीन बनेछु
आज निक्कै समयपछि
जब आफ्नै सफेदपन चाहियो
जिजिबिषाका लागी
तब पहिलोपटक आफ्नै खोजिमा
यो कविता लेख्दैछु ।

No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...