जम्नु........ पग्लनु...... फेरी बग्नु......... यथार्थको रसायनबाट म भागिरहन सक्दिन कथाझैं.... कविताझैं.... चित्रझैं.... सायद जीवनका एक्ला एक्ला आयामहरुझैं म पत्रपत्र जिउँदैछु । मूल्याङ्कनको समुच्च आधारशिविरमा म नभेट्टिन सक्छु भेट्टिएपनी एक्लिन सक्छु तिमीले मलाई बेवास्था गर्न सक्छौ नबोल्न सक्छौ आरोपहरु लगाउँन सक्छौ कमजोरीहरु औल्याउन सक्छौ म नियम र बन्धनहरुमा रमाउन्न मलाई थाहा छ समग्रताको जादुवी रंगहरुभन्दा म थेरै पर छु धेरै पर............... त्यसैले जम्छु, पग्लन्छु अनि फेरी बग्छु ।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।