Sunday, January 14, 2018

सहर

मनिसहरु भन्छन् यो सपनाको सहर हो
सायद ठिकै भन्छ्न्
बादलले भरिएको आकाश
धुलोले भरिएको सडक
र मेरा धमिला आखाँहरुलाई
सपना देख्न सिकाउने सहर यही हो ।

अन्तद्वन्दका अग्लाअग्ला पर्खालहरु
आकांक्षाका फराकिला होडिङबोडहरु
 तिम्ले र मैले
संगालेका प्रेमिल क्षणहरुको
साक्षी हो यो सहर ..............

सायद लेखेर पनि अलिखित
बोलेर पनि मौन
अथवा समयको कुनै परिधिमा अट्न असफल यो सहर
हुनसक्छ हाम्रा सफेद कथाहरुको
रंगिन परिभाषा हो ।

आज सहर मौन छ
जस्तो कि तिमी र म
र हाम्रा सपनाहरु...............
तर के मौनाता आवाजविहिनता हो र ?
अनी प्रेम मात्र सम्बन्ध ?
सायद........
सहरको परिभाषा सहर नै जान्दछ
जस्तो कि प्रेमको .....................
प्रेम नै ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...