Monday, January 22, 2018

समग्रता

जम्नु........
पग्लनु......
फेरी बग्नु.........
यथार्थको रसायनबाट म भागिरहन सक्दिन
कथाझैं....
कविताझैं....
चित्रझैं....
 सायद जीवनका एक्ला एक्ला आयामहरुझैं
म पत्रपत्र जिउँदैछु ।
 मूल्याङ्कनको समुच्च आधारशिविरमा
म नभेट्टिन सक्छु
भेट्टिएपनी एक्लिन सक्छु
तिमीले मलाई बेवास्था गर्न सक्छौ
नबोल्न सक्छौ
आरोपहरु लगाउँन सक्छौ
कमजोरीहरु औल्याउन सक्छौ
म नियम र बन्धनहरुमा रमाउन्न
 मलाई थाहा छ
समग्रताको जादुवी रंगहरुभन्दा म थेरै पर छु
धेरै पर...............
 त्यसैले जम्छु, पग्लन्छु अनि फेरी बग्छु ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...