ममी भन्नुहुन्थ्यो यो 'क' मात्र होइन तिम्रो यात्राको सारथी हो कुनै दिन तिमी पुग्नेछ्यौ परपर... कहरु सँग बग्दै लाग्थ्यो ..... यी अक्षर होईनन् नदी हुन्, बगिरहन्छ्न परपर...... । । तिमीले भनिदियौ अक्षरको यात्रा सबैभन्दा सुन्दर यात्रा हो लाग्यो..... आमाझै सुन्दर रहेछ्न् अक्षरहरु यी मेरा आफ्ना हुन्, आमा जस्तै । । अझै पनि मलाई खाली पाना मनर्दैन भरिदिन्छु अक्षरहरु रंगझै लाग्छ यी मेरा बालखकालका साथीहरु हुन् आइदिन्छ्न् सपनामा इन्द्रेणीझै । । आज फेरी एकहुल अक्षरहरु रिसाउँदैछ्न् मसँग लाग्दैछ...... यी मेरा सारथी होईनन् यी त जीवनका छालहरु हुन्, खोज्दा रहेछ्न् आफ्नै अस्तित्त्व बनाउँदा रहेछ्न् आफ्नै बर्णमाला । ।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।