Saturday, September 8, 2018

यी अक्षर होईनन् नदी हुन्

ममी भन्नुहुन्थ्यो
यो 'क' मात्र होइन तिम्रो यात्राको सारथी हो
कुनै दिन तिमी पुग्नेछ्यौ परपर...
कहरु सँग बग्दै
लाग्थ्यो .....
यी अक्षर होईनन् नदी हुन्,
बगिरहन्छ्न परपर...... । ।

तिमीले भनिदियौ
अक्षरको यात्रा सबैभन्दा सुन्दर यात्रा हो
लाग्यो.....
आमाझै सुन्दर रहेछ्न् अक्षरहरु
यी मेरा आफ्ना हुन्,
आमा जस्तै । ।

अझै पनि
मलाई खाली पाना मनर्दैन
भरिदिन्छु अक्षरहरु रंगझै
लाग्छ यी मेरा बालखकालका साथीहरु हुन्
आइदिन्छ्न् सपनामा इन्द्रेणीझै । ।


आज फेरी एकहुल अक्षरहरु
रिसाउँदैछ्न् मसँग
लाग्दैछ......
यी मेरा सारथी होईनन्
यी त जीवनका छालहरु हुन्,
खोज्दा रहेछ्न् आफ्नै अस्तित्त्व
बनाउँदा रहेछ्न् आफ्नै बर्णमाला । ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...