Skip to main content

Posts

Showing posts from January, 2017

स्मृतिमा तिमी

पर कतै क्षितिजबाट आइरहेको छाँया सायद तिमी नै पो हौ कि! म हेरिरहेछु मौनताको आदिम वस्तिबाट हामी छुट्टिएका थियौं कुनै दिन घाम लागेर पनि बादल छाएको तिम्रो आँखामा पहिलोपटक मैले पिडाले घायल सुन्दर मन भेटेको थिएँ ................ आज बसौं भएछ म चाहेर पनि कोर्न सक्दिन् शब्दहरुले तिम्रो आकृती स्मृतिको संग्रालयमा तिम्रो लागी जोगाएको एउटा मुटु मात्र बाँकी छ जब एक्ली हुन्छु क्षितिजमा  देखिएका छाँयाहरु तिमी नै पो हौ कि भन्ने लाग्छ र हेरिरहन्छु............. मात्र हेरिरहन्छु ............... आज एउटा दुष्प्रयास गर्दैछु कोर्दैछु तिम्रो आकृति रेखाहरु बाङ्गो जानसक्छन् आकृतिहरु  अपूर्ण बन्नसक्छन् र चाहेरै पनि तिमी नबन्न सक्छौ धेरै भएछ तिमीलाई नदेखेको स्मृतिहरु कमजोर हुँदैछ्न् चाहेर पनि तिमी नबनाउँन सक्छु माफ गर आज बुढो स्मृतिले अपूर्ण चित्र कोर्दैछ ।