Skip to main content

Posts

Showing posts from June, 2020

अस्तित्वका फिलिङ्गा

मैले बादलका टुक्राहरुमा तिम्रो नाम लेखें र तल जमिनमा पठाएँ आज जमिनमा केही सुन्दर देख्छु त तिम्रो नाम देख्छु तिमी देख्दिन तिम्रो नाम देख्छु सायदै अब तिमी भेटिनेछौ सायदै अब म तिम्रो नाम लेख्नेछु अस्तित्वको यो मैफिलमा जमिन र बादल केही नरहेपछी तिम्ले मलाई मैले तिम्लाई खै के खोजिरहनु खै के लेखिरहँनु !!

तिम्रो सत्य मेरो भ्रम

सदाझैं तिमी बुझ्नसक्नेछौ म एउटा त्यस्तो चित्र हुँ जसले तिमीलाई सधैं उच्चताको अर्को बिन्दुले हेर्नेछ अथवा तिमी त्यस्तो आकर्षण हौ जस्को उज्यालोले हरेक दिन म पग्लनेछु लाग्नसक्छ तिमीलाई तिमी त्यस्तो मैफिल हौ जस्को गीतमा मजस्ता अनेकौं नाच्नेछन् यी यस्तै भ्रमहरुको गुन्जनमा कहिल्यै नबिर्सनु मौनताको एउटा अर्को अध्याय मसँग पनि छ चाहेर नचाहेर आफू हुनुको सत्य तिमीले सोचेजस्तो स्वप्नील नहुनसक्छ कुनै दिन एउटै ढुङ्गामा ठोक्किएछौ भने बुझ्नु तिमी तिमी हौ म म हुँ तिम्रो सत्य मेरो भ्रम ।।