Thursday, September 17, 2026

Goodbye.....


Dear Sangita,

It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years since I last met you. Not even once. But friends are friends. Even though we haven’t met in years, you stayed with me somewhere. This Sunday, when I heard the bad news, I thought-  how you exist within me is no longer with me. I lost your existence. It is sad. And this sadness will always remain with me.

I believe, and I hope, you are there somewhere and listening to me. We haven’t met with you for years, but there was no gathering where we didn’t remember you. In the last gathering, Upendra said something about you that still haunts me. He said that Sangita was sad and depressed, but we never tried to talk with her. I had a huge regret today. We talked about you and concluded with our regret. Maybe this goodbye is also another regret.

Dear Sangita, when I heard the bad news, I wasn’t sad because you lived a short life, but I am sad because, while you were living, you lived a sad life. Living a sad life is not easy. I don’t know how you lived and how you survived all the things. Maybe you wanted to say goodbye, so you didn’t try to live. Maybe I am contemplating all the bad things. But I always saw you sad and depressed.

Dear Sangita, I pray to the Almighty that you stay happy there. Maybe you will meet your beloved father. I wish you happiness. If death is your happiness, best wishes for the journey. Lots of love............

Thursday, September 10, 2026

हुनु .......नहुनु


बिहानै उठ्नु । उही जुठा भाडा । उही नमिलेको ओछ्यान । उही घाम । उही फुलहरु र चराहरु । उही रित्तिएका चियाका कपहरु । उही हिडनुपर्ने समय । उही सडक र उस्तै मानिसहरु । उही गाडीका आवाजहरु । उस्तै कोलाहल । उस्तै सान्नाटा ।

म केही हुनु र नहुनुलाई यीनै दैनिक घिसिपिटिहरुमा दाँजेर हेर्छु । कहिलेकाही केही भएझै लाग्छ । जस्तो कि आज । कहिलेकाही केही नभएझै लाग्छ । जस्तो कि हिजो । कहिलेकाही केही भएर पनि नभएझै लाग्छ । जस्तो कि अहिले । म हरेक दिन केही हुनु र नहुनुलाई आफैँसँग दाजेर हेर्छु ।

कहिलेकाही भन्छु केही भएन । फेरी कहिलेकाही भन्छु केही नभएर पनि केही त भएको छ नि । जस्तो कि अहिले । केही नभएर पनि मेरा औलाहरु कि प्याड थिचिरहेछन् र केही लेखिरहेछन् । सायद आफैँलाई अर्काइभ गरिरहेछन् । यसलाई म केही नभएको कसरी मान्नु । बर्षौ देखी केही नहुनुलाई साक्षी राखेर म केही हुनुझै ठानेर केही लेखिरहेछु ।

प्रिय डायरी , 

यो कुनै डायरी थियो । सायद यस्तै कुनै दिनको । सायद म अब केही हुनु र नहुनुलाई निरपेक्ष भएर हेर्न थालीसकेकी छु । केही नभएर नै त हो हरेक दिन म किबोड केही भएझै बनाउँछु । मलाई केही भएझै लागेको भए म केही नभएझै लाग्ने कथाहरु लेखेर किन बस्ने थिएँ ।

हिजो कसैले भन्यो जे हुन्छ  राम्रो हुन्छ । अब त म हुनुको अस्तित्वलाई पनि अस्विकार गर्न थालिसकेकी छु । केही छ केही छैन । अब म यसरी नै निस्सार भएर आदी जीवन बिताइदिन पनि सक्नेछु । अब त लाग्छ सारमा केही छैन । सब बेअर्थ छ । बेअर्थ छ र त केही हुनु र नहुनु बिच अर्थ खोजिरहेछु ।

खानु, बस्नु हिड्नुमा अर्थ खोज्ने हो भने सबै अर्थपूर्ण नै छ । हरेक पल हरेक क्षण । तर दैनिकी सबैको हुन्छ । दैनिकीलाई कसरी  केही हुनु ठान्नु । मलाई त लाग्छ म हरेक दिन जे लेखेझै गर्छु त्यो पनि केही होइन । सायद म केही खोजिरेहछु र पाइरहेको छैन । पाएको दिन म केही नपाएझै महसुस गर्न पनि सक्नेछु । सायद यो पर्खाइ हो । केही हुनुको पर्खाइ । केही नहुनुको पर्खाइ ।

हिजो राती लाग्यो मलाई जीवन भनेकै केही नहुनु हो ठानेर मैले आफैँलाई आठ बजे नै मृत घोषणा गरिदिएँ । फेरी आज बिहान केही भएझै ठानेर यी औलाहरु केही लेखिरहेछु । के लेख्छु त्यो मलाई पनि थाहा छैन । हरेक अन्तिम वाक्य अघि म यति उत्साहित रहन्छु कि – मेरा औलाहरु अर्को कस्तो वाक्य बनाउने छ भनेर । सायद त्यसैले केही हुनु र नहुनु बिचको अर्थ खोज्न केही लेखिरहेछु । वा लेखेझै गरीरहेछु ।

सानो हुँदा ममि भन्नुहुन्थ्यो अक्षर भनेका नदि हुन् यीनले तिमीलाई पर लग्नेछन् । अब मलाई अक्षरले कतै पर पुर्याउनेछ भन्नेमा पनि आशा छैन । सायद त्यो आमाको बिम्बको यात्रा थियो । सायद मेरो पोल्टामा केही भएझै मानेर आमाले दिएको बिम्ब सायद स्वतन्त्रताको रुपमा मेरो जीवनमा भित्रियो । त्यो बाहेक अक्षरले मलाई कहि पुर्याउँछ भन्नेमा अब मलाई कुनै आशा छैन । मलाई लाग्छ मेरो भागमा केही हुनु भनेको मेरा औलाहरुले किबोड थिच्नु मात्र हो ।

प्रिय डायरी, तिमीलाई लाग्ला म निराश छु । तर होइन म यस्तै नै थिएँ छु र हुनेछु । मैले जीवनभर केही हुनु र नहुनुबिच अर्थ मात्र खोजिरहेँ । सायद म भित्र यही कोलाहल सधैँ बाच्नेछ ।

Tuesday, September 8, 2026

तिम्रो बारेमा


  यी कथाहरु जो म कोरेझै गर्छु त्यो तिम्रै बारेमा त थियो वा हो । कुनै बिन्दुझै । कुनै आकाशझै । कुनै शहरझै । वा भनौ कुनै गाउँझै । हुनु र नहुनुबिचको कुनै बिम्बझै हरेकपटक मैले केही कोर्छु मजस्तै वा तिमीजस्तै । आज के भयो थाहा छ, जब मैले मेरो आफ्नै आकृति कोरेँ त्यो तिमीजस्तो बन्यो । मलाई लाग्यो त्यो त तिमी नै हौ म होइन । 

आफ्नै प्रतिबिम्ब जस्तो जब म शब्दमा आफू कोर्न खोज्छु त्यो तिमीजस्तो बन्छ । यो दुखद् हो । थाहा छ, तिमीलाई भेटेर म आफूलाई गुमाउँन चाहन्न । कहिलेकाही त लाग्छ तिमीलाई भेट्नु दुर्भाग्य हो । तर फेरी कहिलेकाही लाग्छ, मैले आफैँलाई पनि त पहिलोपटक तिमीलाई भेटेपछि नै त भेटेकी हुँ । आमालेजस्तै नाङ्गो तनमा मनमा तिमीले नै त हो पहिलोपटक देखेको । जब तिमीलाई भेटेँ मैले लजाउँन छोडिदिएँ । तर पहिलोपटक तिमीलाई भेट्दा लजाउने पनि मै हुँ । 

कहिलेकाही केही भएझै लाग्छ । कहिलेकाही केही नभएझै लाग्छ । जब शब्दमा तिमीलाई कोर्न खोज्छु खै किन मेरो आफ्नै प्रतिबिम्ब बन्छ । तिमीले जब आफ्नो यात्रा गर्यो । तिमी अब तिम्रै बाटो हिड मलाई लाग्यो तिमीले हिडेको बाटो पनि त मेरै हो । कहिलेकाही लेख्छु मात्र । कहिलेकाही लेखेको पढ्छु मात्र । जब लेख्न थाल्छु म तिमीलाई सधैँझै सुन्दर नै भेट्छु ।

कहिलेकाही त लाग्छ नि कसैलाई भेटेर आफैँलाई भेट्नु सौभाग्य हो । मेरो पनि तिमी सायद र्साैभाग्य नै हौ । मिराले, राधाले सायद त्यसरीनै आफैँलाई भेटेका थिएँ । तिमी गयौ त्यो तिम्रो रोजाइ थियो । तर तिमी जानु सायद मेरो सौभाग्य बन्यो । तिमी गएपछि नै हो मैले आफैँलाई फर्केर हरेको हुँ । फूल, तारा र आकाशबारे सोचेको हुँ । तिम्रो र मेरो आकृति बनाएको र तिम्रो आकृतिमा आफैँलाई भेटेको पनि हुँ । सायद त्यो सौभाग्य नै थियो । तिमी नगएको भए सायद मैले आफैँलाई कहिल्यै फर्केर हेर्ने थिइन । बिम्ब प्रतिबिम्बमा शब्दहरु कोर्ने पनि थिइन । 

जाँदै गर्दा तिमीले बिदाइका हातहरु हल्लाएनौ । मलाई लाग्यो कुनै दिन फर्केर कुनै बतासझै आउँनेछौ । तर त्यस्तो भने । तिमीले नफर्केपछि नै त मैले तिम्रो प्रतिबिम्बहरु आफैँमा खोज्न थालेकी हुँ ।

गाली


आज दश बर्ष भएछ उसले गाली दिएर गएको । आजकै दिन । आजकै समय । आजकै महिना । आजकै बार । उसले मलाई गाली दिएको थियो । जसबाट आजसम्म म मुक्त हुन सकेको छैन । मनमनै रिस उठ्छ । भेटेँ भनेँ दुई चार थप्पड लाउँ जस्तो पनि लाग्छ । तर उ कहाँ छ थाहा छैन । उ कस्तो थियो वा छ त्यो पनि थाहा छैन । उ जहाँ भए पनि मलाई बाल मतलब । तर मतलब छ । म उसको गाली बाट मूक्त हुन सकेकीे छैन ।

खोइ कि हिजो देखी उसको गालीलाई सम्झेको सम्झेकै छु । यो प्रेम होइन । सम्झनको लागि प्रेम नै गर्न पर्छ भन्ने पनि छैन । कहिलेकाही गालीले मान्छेले मान्छेलाई सम्झन पनि सक्छ । हो उसको गालीलाई आजसम्म सम्झिरहेको छु । खोइ किन मलाई उसलाई खोज्न मन छ । जसरी पनि । जे गरेर पनि । 

दश बर्षपछि दशबर्षअघि बल्क गरेको उसलाई फेसबुकमा खोज्छु । मैले जानेजतिको कि ओड थिच्छु । अह भेट्दिन । कि उ छैन यो संसारमा । त्यो पनि सोच्छु । उ छैन भन्ने कुराले पनि मलाई खुसी दिन सक्दैन । बस् म उसलाई भेट्न चाहन्छु र उसले दिएको गालि बाट मूक्त हुन चाहन्छु ।

फेसबुकमा मात्र होइन म उसलाई इन्स्टामा पनि खोज्छु । अह भेट्दिन । कहि भेट्दिन । म चाहेजति नामले उसलाई खोज्ने प्रयास गर्छु । अह भेट्न सक्दिन । तर जसरी पनि उसलाई भेट्नु छ र उसले दिएको गालि र्फिता माग्नु छ । मलाई उसको गालि बोकेर बाच्नु छैन ।

करिब दश बर्षअघि उ मेरो साथी थियो । केही समयको लागि । त्यो पनि लाइब्रेरीमा किताब पढ्ने साथी । हामी दुबै किताब पढ्न कुनै एउटा लाइब्रेरी जान्थेउँ । म लाइब्रेरीको नाम भन्न चाहन्न । लाइब्रेरीको नामले पनि मलाई उसको सम्झना आउँछ । उसका गालीहरुको सम्झना आउँछ । हामी किताब साटासाट गरेर पढ्ने गथ्यौँ । उसको नाम अनुप थियो । सायद उ पोखराको थियो । भर्खरै पुल्चोकबाट इन्जिनेरिङ भ्याएर अमेरिका जाने सोचमा थियो । उसलाई अरु धेरै नेपालीलाईझै लाग्थ्यो यसको अंग्रेजी राम्रो छैन । उसलाई जीआरी गर्न थियो । अमेरिका जानु थियो । मलाई त्यस्तो केही थिएन । बिहान आरआर क्याम्पस पढ्थेँ । दिउसो किताब पढ्थेँ । मेरो लागि अमेरीका सपनाको देश थिएन । मेरो दिदी र दाई उता भए पनि मलाई त्यस देशले कहिल्यै तानेन । 

उ भन्थो , “था छ अनु पुल्चोकमा पढेर अमेरीका न जानु भनेको कसैको श्राप लाग्नु जस्तै हो । असफल हुनु हो असफल ।” मेरो नाम अन्नपूर्णा भए पनि उ मलाई अनु भनेर बोलाउथ्यो । त। मलाई उसका कुरा केही लाग्दैनथेँ । बस् म सुनिदिन्थेँ मात्र । 

उसलाई लाग्ने गथ्यो उसको अंग्रेजी भन्दा मेरो अंग्रेजी राम्रो छ । मलाई जिआरइ मा राम्रो नम्बर ल्याउन अमेरीका जाने उसले जसरी अंग्रेजी किताब पढ्नु पर्दैन । उ यदाकदा भन्ने गथ्यो, “ अनु, तिमी अमेरीका किन जान मन गर्दैनौ । “  तर मलाई उसको प्रश्नको पनि खासै वास्ता हुदैनथ्यो । बस् मलाई लाइब्रेरीमा गएर किताब पढ्न मन पथ्यो । अहिले मलाई कसैले सोध्यो भने मलाई उसको अनुहार पनि याद छैन । बस् यति थाहा छ – उ पोखराको हो । उसको नाम अनुप हो । उसले जिआरइ गरेर अमेरिका गएको हो । मलाई यो भन्दा बढी केही याद छैन ।

आइब्रेरीमा त्यसरी सधैँ भेट हुन्थ्यो । उ बढी मसँग बोल्न चाहन्थ्यो । तर मलाई केही लाग्दैनथ्यो । उसले मनपराउँन थालेको पनि कहिल्यै थाहा भएन मलाई । थाहा भएको भए, उसले मनपराउँछ भन्ने थाहा पाएको दिन देखिनै म उ जाने लाईब्रेरीनै जाँदैनथेँ । त्यो थाहा भएको भए आज म उसको गाली बोकेर बाचेको हुदैनथेँ । तर त्यस्तो भएन ।

उ बेला बेला मलाई फेसबुकमा के पढ्दैछौ भनेर म्यासेज पनि गर्ने गथ्र्यो । एक दिन म्यासेजमा उसले मलाई कफी खान बोलायो । मलाई लाग्यो किताब बारे कुरा गर्न होला । अरु केही होला भन्ने थाहा भएको भए सायद  म जाँदैनथेँ । 

उसले दरवारमार्गको कुनै क्याफेमा मलाई बोलाएको थियो । मलाई क्याफेको नाम पनि याद छैन । उसको अनुहार पनि याद छैन । म गएँ । त्यसरीनै जसरी  म हरेक दिन लाईब्रेरीमा जान्थे । म पुग्दा उ आइसकेको थियो । मलाई अचम्म लाग्यो अरु बेला नर्मल बिहेब गर्ने उ त्यस दिन अल्लि फरक देखिन्थ्यो । उसले मलाई उपहार भनेर दोस्तोस्वीको हवाइट नाइट उपहार पनि दियो । मलाई उसले त्यसरी उपहार दिएकोमा पनि अचम्म लाग्यो । “त्यसपछि उसले भन्यो म तिमीलाई माया गर्छु । मलाई राम्रा राम्रा चार ओटो यूनीले अफर लेटर पठाइसकेका छन् । बिहे गरौँ सँगै अमेरिका आउँ ।” त्यो कुरा मेरा लागि अचम्मको कुरा थियो । मैले त बिहेबारे र अमेरिका बारे कहिल्यै सोचेकी पनि थिइन । “यस्तो कुरा नगर मसँग, मलाई कोहीसँग गर्नुछैन बिहेसिहे ।” उसले मलाई अझ बिहेका लागि कन्भिन्स गर्न खोज्यो । तर म कन्भिन्स हुन तयार थिइन । मैले कुनै भुमिका नबाधिकन बिहेको लागि इनकार गरेँ ।”

उसलाई खोइ के लाग्यो । हुनसक्छ उसको इगो हट भयो । उसले मलाइ नराम्रो गाली दियो । उसले भन्यो –“ तिमीले यसो भनौली भन्ने मलाई कहिल्यै लागेको थिएन । मलाई यसरी टुक्रायो । म चाहन्छु तिमीले पनि मैले जस्तै भोग । मलाई लाग्छ तिमीले जीवनमा माया गर्ने मानिस कहिल्यै भेट्ने छैनौ । तिमीले जे चाहन्छेउ, त्यो सधै टाढा हुनेछ ” उ यती भनिसकेपछि फटाफट आफ्नो बाटो लाग्यो । केही समय त मलाई केही लागेन । किनकी मैले उसलाई त्यो नजरले कहिल्यै हेरेकी पनि थिइन ।

त्यस दिन पश्चात हाम्रो कहिल्यै गफ भएन । कतै बाट सुनेकी थिएँ केही महिनापछि उ अमेरीका गयो भन्ने । तर जब बर्षहरु बित्दै गए, मलाई उसले दिएको गालीको सम्झनाले छोडेन । मेले त्यसपछि कहिल्यै उसले जसरी माया गर्छु भन्ने मानिस पनि भेटिन । मेरो जीवनमा मायाको पाटो सधैँ अधुरो नै रह्यो । मैले चाहेका मानिसहरु सधैँ मबाट टाढा टाढा जाँदै गएँ । कहिलेकाही त मलाई लाग्छ मैले माटो चाहेँ भने पनि बतास आएर माटोलाई पनि उडाउँनेछ ।

मलाई आजकल लाग्छ उसले दिएको गाली मेरो जीवनमा लागेको छ । हो म उसलाई भेटेर उसले दिएको गाली फिर्ता माग्न चाहन्छु । उसलाई सम्झनुको कारण त्यो मात्र हो र त्यो मात्र पनि होइन । केही महिनापछि म आफैँ पनि उ जस्तै दश बर्षपछि अमेरीका जाँदै छु । उसलाई यसरी सोसल मिडियामा सर्च गर्नुको अर्को कारण यदि सोसल मिडियामा भेटेँ भने उता गएपछि उ सँग गाली फिर्ता माग्नु हो । मलाई लाग्छ मानिसहरु रोउन, कराउन , माफी मागुन तर गाली अह पटक्कै कसैलाई नदिउन् । 

यसरी कसैलाई तँले कहिल्यै माया गर्ने मानिस भेट्ने छैनस् भन्नु राम्रो होइन । मलाई लाग्छ कसैले कसैलाई यस्तो भन्नु नै हुन्न । अर्को साथीलाई फोन गर्छु उसलाई फेरी उसको नाम भनेर खोज्न आग्रह गर्छु । म भन्छु मलाई उसको अनुहार याद छैन तर उसले दिएको गाली याद छ । उ अचम्म पर्छ । मैले भनेको कुरा सुनेर हाँस्छ पनि । तर यो हाँस्ने कुरा हुँदैन । मलाई कसैले मैले भनेको यो कुरा सुनेर हासेको पटक्कै मन पर्दैन । 

म उसको गाली बोकेर बर्षौ बर्ष माया प्रेम बेगर बाचिरहेछु । जसले मलाई गाली दियो उसले सायद अर्को माया गर्ने मानिस भेट्यो होला । म त्यो हेर्न चाहन्छु । उसले भेट्यो कि भेटेन त्यो पनि बुझ्न चाहन्छु । 

मन बेचैन छ अझ केही महिनादेखी । म जीवनमा जे नहोस् भन्ने चाहन्थेँ मेरो जीवनमा त्यही भएको छ । उसको गालीझै  मैले जीवनमा जे चाहेँ त्यो कहिल्यै मिलेन । मलाई लाग्छ म उसले दिएको गालिको भागिदार पटक्कै हुँदै होइन । बस् म उसको गालीबाट मूक्त हुन चाहन्छु ।

Tuesday, September 1, 2026

डिएर इला,.......

 डिएर इला,

हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि एक्ला छौ । परिवार नभएर पनि एक्ला छौ । प्रेममा भएर पनि एक्ला छौ । प्रेममा नभएर पनि एक्ला छौ । सायद तिमीलाई लाग्ला परिवार भएर पनि एक्लोझै महशुस गर्ने तिमी मात्र हौ । तर मलाई लाग्छ सबै महिलाहरु इतिहासदेखि नै एक्ला छन् र थिए । हामी त्यही एक्लोपनको निरन्तरता मात्र हो ।

मलाई कहिलेकाही लाग्छ म कसैलाई प्रेम गर्छु । तर सधैँ होइन ।  तर मैले प्रेमको प्रतिउत्तरमा प्रेम खोज्न बर्षौ अघि छोडसकेकी हुँ । मलाई लाग्छ मैले चाहेजस्तो प्रेम मैले आफूँले आफैँलाई मात्र दिन सक्छु । त्यसैले कथा लेख्छु । कथामा मेरा पात्रहरुले मैलेझै प्रेम गर्छन् तर उनीहरु पनि एक्ला छन् । सायद म झै । सायद तिमीले पनि आफ्नो लोग्ने बाट चाहेझै प्रेम भेटिनौ । सायद पुरुषहरु प्रेम गर्न जान्दैनन् । उनीहरुलाई लाग्ला एउटै ओछ्यानमा बर्षौबषै सँगै सुत्नु प्रेम हो । तर सँगै सुतेर पनि बर्षौबर्ष अपरिचित बनेर बाच्नु त्यो भन्दा अप्रेम के होला र । त्यसैले तिमीलाई लाग्यो बिना छोएर, पनि बिना देखेर पनि कसैलाई प्रेम गर्न सकिन्छ । जो सँगै सुतेको मानिसभन्दा सपनामा अझ प्रेमिल भेटिन्छ । सायद त्यसैले तिम्रो लोग्नेको सट्टा अजिजलाई रोज्यौ । संसारमा केही चिज कम भएर पनि पूर्ण नभएर पनि  रोज्न सकिन्छ । तर मलाई लाग्छ प्रेममा कसैले आधा प्रेम नभेटोस् । मलाई लाग्छ मैले पनि सधै आधा प्रेम भेटेँ । आफ्नो भनेर भन्न पनि नमिल्ने । तर सधैँ लाग्ने उ आफ्नो नै हो । त्यसपछि मलाई लाग्न थाल्यो पुरुषहरु प्रेम गर्न जन्मिएका होइनन् । केही छन् जो जान्दछन् जो थोरै छन् । उनीहरुको लागि ओछ्याननै प्रेम हो । हामीलाई सधैँ लाग्छ ओछ्यान मात्र कसरी प्रेम हुन सक्छ । डिएर इला, म कामना गर्छु तिम्रो जीवनमा आधा प्रेम अब नभेटियोस् ।

जीवन दुख हो । यहाँ अप्राप्ती छ । पिडा  छ । जे छ आधा आधा छ । तर प्रेममा आधा प्रेम भेट्नु दुखद् हो । मलाई लाग्दैन तिम्रो भागमा आधा प्रेम मात्र छ । यो पर देशबाट तिम्रा लागि सुभेच्छ्या पढाउनेको चाहना हो । एक्लोपनलाई महशुस गर्नु, अप्रेमलाई महशुस गर्नु आफूजस्तो अर्को मानिसले त्यो नभोगोस् भन्ने पनि हो । आफूले आफैँलाई प्रेम गर्न सिकाउँ । आधा प्रेम गर्ने पुरुषबाट टाढा हौ । जो म आफैँ सकिरहेको छैन ।

डिएर इला, यीनै दुर्भाग्यहरु शब्द बनेर आउँछन् । सबै मैले चाहेझै पाएको भए सायद म कहिल्यै लेख्ने थिइन । अप्राप्ति र अप्रेमले मलाई शब्दहरु दियो । सायद केही सुन्दर चिजहरु अप्ठ्यारा बाटा बनेर आउँछन् । मेरा लागि शब्द त्यही बाटो हो । तिमीझै म पनि एक्लो छु । तिम्रो जीवनमाझै कोही अजिज मेरो जीवनमा पनि आइदियोस् भन्ने नलाग्ने होइन । तर मलाई आधा प्रेम देखी डर लाग्छ । आफ्नो भन्न नमिल्ने तर सधैँ आफ्नो झै लाग्ने । मलाई लाग्छ धेरै पुरुषहरु प्रेम गर्न सक्दैनन् । 

Saturday, August 29, 2026

डिएर इला,

 

आज पनि बिहानै उठेँ । सबै दिनहरु तिमीले सोचेझै उज्याला हुँदैनन् । मलाई लाग्छ उज्यालो नहुँदैको दिनको साक्षि बस्नु भनेको दिनलाई दिनकै रुपमा स्विकार्नु हो । तिमी सबै भएर पनि एक्लो र कतै अड्किएकोझै सहसुस गर्दै छौ । सायद हामी महिलाहरुमा यो पुस्तान्तरण हुन्छ । सायद हामी जन्मिदै यही अनुभूतीका साथ जन्मिएका थियौँ । 

तिमीलाई थाहा नहोला, केही दिनअघि मेरो देशमा सानो नानी बलात्कृत भैइन । ति नानी सारै सानी नभएर केही ठूली भएको भए समाजले उनलाई सल्ट सेमिङ गथ्र्यो । उसको क्यारेक्टर माथी औला उठाउँथ्यो ।

फेरी केही दिनपछि बाढी आयो हजारौ मानिसहरु छिनभरको बाढीले बिदा भएँ । यो दुखको क्षणमा तिमीलाई पढ्नु सायद यो दुखद् संयोग हो । मलाई थाहा छ प्रेममा नियमहरु हुँदैनन् । भएका भए पनि ति तोडिनकै लागि बनेका हुन्छन् । प्रेमको मानक प्रेम मात्र हो । अरु केही हुोइन  । देश मृत्यूको खबरले आक्रान्त भएको बखत प्रेमका चालिस नियमहरु पढ्नु सायद स्वार्थी हुनु हो । सायद त्यो ग्लानीले मलाई कहिल्यै छोड्ने छैन । 

मैले रुमीलाई एक कविको रुपमा मात्र चिनेकी थिएँ । तर तिम्रोसँगै उनको कथाले मेरो मनलाई बाधिराख्यो । सायद छोरी मानिस हुनु प्रेमको नाममा पनि सम्झौता गर्नु हो । हामी सजिलै अरु कसैका बनिदिन्छौ । उसैलाई आफ्नो संसार ठानिदिन्छौ । तर आफैँलाई नबुझि ससपढीरहँदा तिम्रो कथाभरीका मनछुने वाक्यहरुलाई अनुवाद गर्ने प्रयास गरेकी छु । सायद यो प्रेमलाई प्रेमकै रुपमा बुझ्नु हो ।

१) प्रेम एक सुन्दर क्षणिक भावना मात्र हो । जति चाडो आउँछ त्यतीनै चाडो बिदा हुन्छ ।

२) म सपनाको ब्याख्यता मात्र हुँ जसका आफ्नै सपनाहरु छैनन् ।

३) संसारमा रुमलिनुमा केही अर्थ छैन जबकी जहातहि त्यही दुख छ ।

४) यो भ्रमको संसारमा, धेरै मानिसहरु कारण बिना नै झगडा गर्छन् र कति कारणसहित ।  तर सुफी ति हुन् जो कारणसहित पनि गर्दैनन् ।

५) हामी सबै अधुरा कलाकृतिहरु हौँ, पूर्णताको पर्खाइ र खोजिमा छौँ । 

६) आफूलाई चिनेको मानिसले ईश्वरलाई पनि चिन्छ । 

७) जब तिमी छोरी भएर जन्मन्छौ , तिमीलाई पकाउँन र सफा गर्न सिकाइन्छ , लुगा धुन सिकाइन्छ, केटाकेटी पाल्न र हुर्काउँन सिकाइन्छ । अझ कतिलाई त माया गर्न र पुरुषहरुलाई आकर्षित गर्न पनि सिकाइन्छ । त्यो भन्दा बढी केही सिकाइन्न । तर तिमीलाई संसार बुझाउँने किताब पढ्न सिकाइन्न ।

Friday, August 14, 2026

एक मानिस एक कथा

 

“यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ– “मानिस कथा हो । मात्र कथा । एक मानिस, एक कथा” 

उ सपनामा यस्तै यस्तै भन्छ । म सपनाबाट बिउँझन्छु । सोच्छु मानिस कथा हो वा अंक हो । वा केही होइन । उसले दिएका मानिस र जीवनका प्रतिकहरु बारे म किन सोचौ । तर उ सपनामा आइरहन्छ र यस्तै कुरा गर्छ । उ सपनामा किन आउँछ र किन यस्ता कुरा गर्छ । कयौ पटक सपनामै उसले मलाई तर्साएको पनि छ । म उ देखी डराएकी पनि छु । उ सपनाको मानिस हो । म यस्ता कुरा गने मानिस बिपनामा भेट्दिन । बिपनामा भेटौ भेटौ भन्ने नलागेको पनि होइन । तर भेट्दिन । दुखी छु उ सपनामा मात्र आउँछ ।

आज दिनभर घाम लागेन । कामबाट फर्के । लाग्यो बिना घामको दिनलाई साथ दिनु भन्दा बिना सिमानाको सपनालाई साथ दिउँ । आज दिउसै सपनामा उ आयो र यस्तै यस्तो कुरा गर्यो । किन किन आज मलाई सपनामानै लाग्यो किन तिमी बिपनामा आउँदैनौ । मैले उसलाई बिपनामा आउँन आग्रह गरेँ । उसले मेरो आग्रहलाई नकार्यो र भन्यो “एक सपना एक मानिस, म सपनाको मानिस हुँ “ । यति भनिसकेपछि म बिउँझे तर उ मसँग थिएन । उ त सपनाको मानिस थियो । उ सपनाबाटै बिदा भयो । यसमा किन दुखि हुनु । सपनाहरु कहिले बिपना भएका छन् र ।

फेरी सोचे किन उ सपनामा मात्र आउँछ र यस्तै यस्तै कुरा गर्छ । किन म बिपनामा उ झै अरु भेट्दिन । तर फेरी किन  सोचिबस्छु  उ सपनामा आउँछ भनि । सायद उसले भनेको ठिकै हो । उ कथा हो । उ कथाकै स्वरुपमा आउँछ र कथाकै स्वरुपमा बिदा हुन्छ । तर बिपना किन सपना झै हुँदैन । म  उसलाई बिपनामा नभेटेको मा दुखी छु । दुखी भन्दा बढी बेखुस छु । तर दुखि हुनुपर्ने पनि त छैन । तर म किन दुखि भएँ 

प्रिय सपनाको मानिस, 

सपनामा मात्र होइन बिपनामा पनि तिम्रो पर्खाइमा छु । सायद पर्खनु मेरो नियती हो । सायद पर्खाउँनु तिम्रो नियती हो । हुनसक्छ पर्खाउँनु पर्खिनु हामी दुबैको नियती हो । तिमीझै अरु कोही बिपनामा नभेटेकोमा दुखी छु । तिमीलाई सपनामा भेटेकोमा खुसी छु । म जीवनलाई अंक मान्छु । तिमी जीवनलाई कथा मान्छौ । थाहा छैन कुनै दिन मेरो अंक र तिम्रो कथा जोडियो भने हामी एक कथा बन्नेछौ  कि छैनौँ । म अंकको पर्खाइमा छु । हुनसक्छ तिमी कथाको पर्खाइमा छौ । तर म तिम्रो जीवनको कथा बन्न चाहन्न । म त अंक बनेर जोडिन चाहन्छु । 


 नोट टु बि नोटेड्– यो कथा पनि होइन । उ सपनामा आएको पनि होइन । तर लेखिका चाहन्छीन उ सपनामा आओस् । लेखिका त उ  बिपनामा आएको पनि देख्न चाहन्छीन् । यो लेखिकाको आफैँभित्रको मनोभाव मात्र हो । न जीवन अंक हो । न जीवन कथा हो ..............

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...