बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहरुको बास्ना अब सहरमा चाहेर पनि भेटिँदैन । भएका नदीहरु नदी होइन नाला जस्ता लाग्छन् । केही हुनेको अंहम पर बाट देखिन्छ । संजाल र्छिनुस् हुनेले नहुनेलाई भन्छ तँ जस्तो होइन भाइ म । नहुने चुप लाग्छ । अब त कागहरु पनि देखिन छोडेका छन् । चराहरुमा केबल परेवा र भगेरा भेटिन्छन् ।
शरद ऋतु शहर छिरेको छ । बजार छिर्नुस् सयको माल दशमा पनि भेटिन सक्नेछ । तर सहर भित्र छ त, यीनै चिज छ । गत महिना साथी गैइन । गएपछि मात्र थाहा भयो उनलाई नभेटेको त दश बर्ष भएछ । गएपछि पछुतो लाग्यो । सायद सम्झने सबैले गएपछि नै हो । हुदा छ भन्ने हुँने रहेछ गएपछि लाग्दो रहेछ नहुनुको खालिपन । गत हप्ता त्यही गुनासोलाई जम्मा गर्दै हामी भेट्यौ ।
हिजो मात्र त हो कसैलाई मैले भने तिमी आएनौ । केही समयको लागि भएनी आएको भए हुने । त्यो केही थिएन आत्मियता थियो । अब सहरमा आत्मियता पनि दूलर्भ भैसक्यो । उसले भन्यो अब तेरो बिहेको दिन भेटौला । मैले उसलाई म बिहे गर्दैछु भनेकी पनि थिइन । आफ्नो बिहेको दसौ दिनमा उसले फोन गरेर मेरो लागि चिना मागेको थियो । त्यो अनौठो थियो । कुनै समय मायाझै लागेर उसलाई मैले बिहे गर्छस् त मसँग भनेकी पनि थिएँ । उसले मलाई म उसको टाइपको नभएको बताएकोे थियो । र आफ्नो बिहेको दसौ दिनमा अनायास मेरो फोनमा उसले मेरो लागि अरु खोजेको थियो । त्यो सबै अनौठो थियो । जे थियो सुन्दर थिएन । करिब एक सवा बर्षपछि मैले त्यसरी नै पहिलेझै किन आइनस् भनेर सोधेकी थिएँ । बदलामा उसले बर्षौ देखी समाजले लगाएको कुनै रंगको अर्को निख्खर भर्सन मलाई लगाइदिएको थियो । मेरो लागि बिहे भन्ने शब्द कुनै ट्रिगर ओड जस्तै हो । मलाई डोलिमा रातो रंगमा सजिएर हिडेकाहरु कोही खुसी र सुन्दर लाग्दैनन् । बिहेमा बज्ने बाजाले मेरो मुटुको चाल सधैँ बढ्छ । सुन्नेको लागि यो अचम्म लाग्ला तर मेरो भर्सनको सत्य यही हो ।
समाजका कसैका लागि पनि सजिलो पक्कै छैन झन् त्यसका लागि जो समाजको मानकभित्र पर्न सक्दैन । जो जीवनको हरेक तहमा अन्यको भुमिकामा रह्यो उसको लागि जीवन अझ फरक हो । जसलाई अरु कसैले सजिलै आएर त किन यस्तो भैनस भनेर भन्दिन सक्छ । प्रतिउत्तरमा उसले केही नभन्न पनि सक्नेछ । सायद मेरा लागि यी सबै सबै चिजहरु म जे भए त्यसका सुस्म स्वरुपहरु हुन् ।
जन्मदा सानु हुनु । हुर्कदै गर्दा यो त कस्ति भै भदिदिनु । बढ्दै गर्दा तँ कसैको लायक छैनस् भनेर समाजले सुनाउनु । हरेक दिन स–साना चिजहरुले टिर्गर हुनु । लेख्न खोज्दा म जे लेख्न चाहन्छु त्यो लेख्न सक्दिन । सायद अफ्ठ्यारा कथाहरु हामी लेख्न मात्र खोज्छौ तर कहिल्यै लेख्न सक्दैनौ । म जे होइन त्यो लेख्न सक्दिन । जे हुँ त्यो पनि लेख्न सक्दिन । आज जे महशुस गरेँ त्यो लेख्न चाहन्थे तर मलाइृ थाहा छ म अरुलाई म जे महशुस गर्छु त्यो बुझाउँन सक्दिन । सायद मेरो भर्षनको कथा म मात्र लेख्न सक्छु ।
जसको बाल्यकाल सजिलो थिएन उसको यूवाअवस्था पनि सजिलो पक्कै हुँदैन । मिल्ने भए म मेरो बाल्यकाल मेटाइदिने थिएँ । मेरो किशोरअवस्था फेरी बाच्ने थिएँ तर मलाई थाहा छ त्यो सम्भव छैन । आज पनि अरुझै नहुनुले मलाई यदाकदा दुखी बनाउँछ । मानिसलाई लाग्छ जे उनीहरुको भागमा पर्यो त्यो मात्र सत्य हो । तर कतिपय सत्यहरु ब्यक्तिगत हुन्छ । तिम्रो सत्य मेरो भ्रम पनि हुन सक्छ । कुनै दिन तँ मेरो टाइपको होइनस् भनेको मानिसले किन अरु कसैको जीवनबारे त्यती धेरै चासो गर्नु । म चाहेर पनि उसलाई माफि दिन सक्दिन । सायद आफैँलाई पनि ।
धेरैले सधैँ भन्छन् त किन अध्यारो लेख्छेस् । जसले जीवनमा अध्यारोबाट मात्र उठेको छ उसको संसारको आधि भाग अध्यारो नै हुन्छ । म शब्दमा पनि दोहोरिन्छु । किनकी ट्रमाहरु सधैँ त्यस्तै त्यस्तै स्वरुपमा दोहोरीन्छन् । सायद अध्यारोबाट उज्यालोको खोजोमा छु । हुनसक्छ जीवनमा म झै अरु पनि अलमलिएका छन् । वा त्यही धुमिलाभित्र केही उज्यालो खोजिरहेछन् । कहिलेकाही अनुभुतिहरुले बिरोल्छ । मलाई राम्रोस्ाँग थाहा छ मैले जे महशुस गरेँ त्यो सत्य होइन । तथापी हरेक पटक म त्यही नै अनुभूत गर्छु ।
यो बुझ्न सजिलो कुरा होइन र म बुझाउँन पनि चाहन्न । मलाई लाग्छ म जे हुँ त्यो भन्दा पर उठ्न सकुँ र अरुलाई भन्न सकुँ अरुझै नहुनु आफू नहुनु होइन ।