आज पनि बिहानै उठेँ । सबै दिनहरु तिमीले सोचेझै उज्याला हुँदैनन् । मलाई लाग्छ उज्यालो नहुँदैको दिनको साक्षि बस्नु भनेको दिनलाई दिनकै रुपमा स्विकार्नु हो । तिमी सबै भएर पनि एक्लो र कतै अड्किएकोझै सहसुस गर्दै छौ । सायद हामी महिलाहरुमा यो पुस्तान्तरण हुन्छ । सायद हामी जन्मिदै यही अनुभूतीका साथ जन्मिएका थियौँ ।
तिमीलाई थाहा नहोला, केही दिनअघि मेरो देशमा सानो नानी बलात्कृत भैइन । ति नानी सारै सानी नभएर केही ठूली भएको भए समाजले उनलाई सल्ट सेमिङ गथ्र्यो । उसको क्यारेक्टर माथी औला उठाउँथ्यो ।
फेरी केही दिनपछि बाढी आयो हजारौ मानिसहरु छिनभरको बाढीले बिदा भएँ । यो दुखको क्षणमा तिमीलाई पढ्नु सायद यो दुखद् संयोग हो । मलाई थाहा छ प्रेममा नियमहरु हुँदैनन् । भएका भए पनि ति तोडिनकै लागि बनेका हुन्छन् । प्रेमको मानक प्रेम मात्र हो । अरु केही हुोइन । देश मृत्यूको खबरले आक्रान्त भएको बखत प्रेमका चालिस नियमहरु पढ्नु सायद स्वार्थी हुनु हो । सायद त्यो ग्लानीले मलाई कहिल्यै छोड्ने छैन ।
मैले रुमीलाई एक कविको रुपमा मात्र चिनेकी थिएँ । तर तिम्रोसँगै उनको कथाले मेरो मनलाई बाधिराख्यो । सायद छोरी मानिस हुनु प्रेमको नाममा पनि सम्झौता गर्नु हो । हामी सजिलै अरु कसैका बनिदिन्छौ । उसैलाई आफ्नो संसार ठानिदिन्छौ । तर आफैँलाई नबुझि ससपढीरहँदा तिम्रो कथाभरीका मनछुने वाक्यहरुलाई अनुवाद गर्ने प्रयास गरेकी छु । सायद यो प्रेमलाई प्रेमकै रुपमा बुझ्नु हो ।
१) प्रेम एक सुन्दर क्षणिक भावना मात्र हो । जति चाडो आउँछ त्यतीनै चाडो बिदा हुन्छ ।
२) म सपनाको ब्याख्यता मात्र हुँ जसका आफ्नै सपनाहरु छैनन् ।
३) संसारमा रुमलिनुमा केही अर्थ छैन जबकी जहातहि त्यही दुख छ ।
४) यो भ्रमको संसारमा, धेरै मानिसहरु कारण बिना नै झगडा गर्छन् र कति कारणसहित । तर सुफी ति हुन् जो कारणसहित पनि गर्दैनन् ।
५) हामी सबै अधुरा कलाकृतिहरु हौँ, पूर्णताको पर्खाइ र खोजिमा छौँ ।
६) आफूलाई चिनेको मानिसले ईश्वरलाई पनि चिन्छ ।
७) जब तिमी छोरी भएर जन्मन्छौ , तिमीलाई पकाउँन र सफा गर्न सिकाइन्छ , लुगा धुन सिकाइन्छ, केटाकेटी पाल्न र हुर्काउँन सिकाइन्छ । अझ कतिलाई त माया गर्न र पुरुषहरुलाई आकर्षित गर्न पनि सिकाइन्छ । त्यो भन्दा बढी केही सिकाइन्न । तर तिमीलाई संसार बुझाउँने किताब पढ्न सिकाइन्न ।
No comments:
Post a Comment