हिजो उसको अगाडि नाङ्गिएकी थिएँ । आज उ कहाँ छ थाहा छैन । म कसैको अगाडिएको नाङगिएको पहिलो पटक हो । कसैको अगाडि म बिना प्रेम नाङ्गिन सक्दिन भन्ने कुरा उसलाई पहिले नै थाहा थियो । मेरो लागि त्यो प्रेम थियो । सायद उसका लागि अरु केही नै ।
बिहानै नुहाएकी छु । म भित्र जे थियो त्यो पखाल्न चाहन्छु । मिल्छ भने म भित्र उसका लागि रहेको प्रेम र स्नेह पनि पखाल्न चाहन्छु । पानीले आफ्नो ज्यानलाई यति धेरै पटक पखालेँ कि उसले छोएको केही पनि मेरो ज्यानमा बाकी नरहोस् । खोइ किन आँखाबाट आशु राकिएको छैन । मुटु दुखेझै गरेको छ । चाहेर पनि म पहलेकोझै हुन सकेकी छैन ।
उसलाई मैले डेटिङ एपमा भेटेकी थिएँ । मेले बायोमा लेखेककी थिएँ बिहे गर्ने कोही मानिसको खोजिमा छु नट फर क्याजुखल रेलेसनसिप । म्याच भएपछि पहिलोपटक उसले मलाई म्यासेज पठाएको थियो । बिस्तारै ह्वाट्स एपमा गफ हुन थाल्यो । म उमेरले कसैको लागि सजिलै मरिहत्ते गर्ने उमेरमा पनि थिइन । मैले पहिलो सुरुवाती गफमा नै भनेकी नो क्याजुअल हुकअपस्स । म यहाँ बिहेको लागि नै आएकी हु । नभए यो उमेरमा डेटिङ एपमा छिर्ने मलाई कुनै रहन थिएन ।
म तिस कटिसकेकी थिएँ । समाजका लागि मेरो उमेर भनेको बिहेको लागि अल्लि पाको उमेर थियो । उमेरमै हुँदा पनि बिहे मेरो लागि सजिलो बिषय कहिल्यै भएन । किनकी म जस्तो देखिन्छु समाजको परिभाषा अनुसार सुन्दर छैन । केटी मान्छेका लागि सबैचिज भएर पनि समाजको परिभाषा अनुसार सुन्दर नहुनु सबैचिज नहुनु हो । यस्को लागि कस्तो मान्छे आउँला भनेर आफन्तहरु हाँसेको आज पनि सम्झन्छु । सम्झन त के के सम्झन्छु के के । स्कुलमा मलाई हेरेर हाँस्ने मानिसहरु । बाटोमा कस्ती केटी फर्कि फर्कि हेर्ने मानिसहरु । क्लासमा अरुलाई के के भनेर मलाई पसले बन्छे भन्ने सर । सायद यस्तै चिजले मलाई आफू बन्न दिराखेको छैन ।
सायद यिनै कारणहरु थिएँ जसले मलाई सधैँ लागिराख्यो म अरुजस्तो छैन , कसैले मलाई मनपराउँन सक्दैन । बाआमालाई सधैँ मेरो बिहे बोझ जस्तो बनिराख्यो । म भन्दा साना बैनि भाइको पनि भएपछि झन् घरमा तनाव थपिन थाल्यो । बाआमाको त्यही तनाब कम गर्नलाई म डेटिङ याप छिरेकी थिएँ । आशा थियो त्यहाँ कोही भेट्ने ।
उसलाई पनि त्यसरी नै भेटेकी थिएँ । मलाई थाहा थिएन मानिसहरु एकअर्काको अगाडी बिना प्रेम पनि नाङ्गिन सक्नेछन् । मेरो संसार साघुरो थियो । मैले देखेको दुनियाभित्र त्यस्ता मानिसहरु थिएनन् । मलाई लाग्यो उ जसरी मसँग बोल्छ, त्यो उसको प्रेम हो । दुनिया यती फरक भैसकेको छ भन्ने कुरा मलाई महशुस नै थिएँन ।
पहिलोपटक गफको क्रममा जब उसले मलाई सेल्फ पेल्जरको बारेमा सोध्यो । म तर्सिएँ । मलाई कोही लोग्ने मानिसले त्यसरी कहिल्यै सोधेको थिएँन । म लजाएँ । उसले आफ्ना अनुभवहरु मज्जाले बतायो । मलाई लाग्यो म साघुरो रहेछ । संसारमा यस्ता कुरा लोग्नेमान्छे र छोरीमान्छे बिच हुनु सामान्य रहेछ । मैले उसका कथाहरु एक पाठकको तबरले सुनेँ । मलाई लाग्यो यस्ता गोप्य कुराहरु कोही लोग्ने मानिसले कोही स्त्रिलाई भन्छ भने त्यो आफ्नो जीवनभरीको पार्टनरलाई भन्न सक्छ ।
सायख धेरै चिज नदेख्नु राम्रो हो । कमसेकम हामी आफ्नो अगाडी भएपनि इमानदार बन्न सक्छौ । मेरो लागि कसैले आफ्नो इतिहास सबै भन्नु भनेको इमान्दार हुनु थियो । उसको त्यही इमान्दारीतालाई मैले प्रेम गरेँ । त्यही इमान्दारीतालाई मैले मन पराएँ । तर उसको लागि इमान्दारीतामात्र थियो या थिएन मलाई थाहा छैन ।
यसरी कुराकानीहरु दिनदिनभर रातरातभर हुन थाल्यो । उसका लागि यौन प्रेम झै थियो प्रेम नै थियो । मलाई पनि लाग्यो बिना यौन कसरी हुनेवाला लोग्ने स्वास्नीको प्रेम हुनसक्छ । उसले जे भन्छ त्यो ठिकै होला भन्ने मलाई लाग्यो । बिना अनुभवको मान्छेलाई सबै पहिला कुराहरु नौलाझै लाग्छन् । अनौठा झै लाग्छन् । मेरा लागि उसले बेलाबेलामा निकाल्ने प्लेजरका कुराहरु तिनै हुन् झै लाग्थ्यो ।
यसरी डेटिङ यपबाट सुरुभएको हाम्रो कुराकानी अब फोन सम्म पुगिसकेको थियो । बिस्तारै भेट्ने रहर पनि लाग्न थाल्यो । हामीले भेट्ने निर्णय गर्यौ । पहिलोभेट अनामनगरको कुनै क्याफेमा भएको थियो । क्याफेको नाम मलाई याद छैन । अनुमानस्थान नजिककै जस्तो लाग्छ । पहिलोभेटमा उसले मलाई अँगाल्यो र चुमेझै गर्यो मलाई लाग्यो त्यो प्रेम हो । स्नेह हो । जीवन बिताउने आशाले भेटेको मानिसको लागि देखाएको सम्मान थियो । पहिलो भेट त्यसरीनै सिद्धियो ।
कुराकानी पहिलो भेट पछि पनि त्यसरीनै चल्दै थियो । घण्टौ कि फोन कलमा कि म्यासेजमा । फेरी उसले दोस्रो पटक भेट्ने रहर गर्न थाल्यो । रहर त मलाई पनि नलागेको होइन तर म सँग त्यसरी खुल्मखुल्ला फेरी भेटौँ भन्न सक्ने आट थिएन । हिजो हाम्रो दोस्रो भेट थियो । पहिलो भेट जस्ते दोस्रो भेटको लागि पनि म त्यती नै उत्साही थिएँ । उसले दोस्रो भेट आफ्नै फ्ल्याटमा गरौँ भन्यो । मलाई त्यसरी उ बस्ने ठाउँमा गैहाल्ने रहर थिएन । तर उसले त्यही भेटौँ भनेपछि मैले आफूलाई रोक्न सकिन ।
दोस्रो भेट अनौठो बन्न पुग्यो । उनी एक्लै बस्ने भएकाले मलाई उसको घरमा पुग्न त्यति गाह्रो त थिएन । तर मलाई कम्फरटेबल फिल पनि भएको थिएन । मलाई लागेको थियो उसले त्यसै आफू बस्ने ठाउँ देखाउन बोलाएको होला । मैले त्यो भन्दा बढी केही सोचेकी पनि थिइन । त्यस दिन म आफ्नो स्कुटरमा नभइ क्याब बुक गरेर गएकी थिएँ । खोइ किन म त्यस्तो नभर्स कहिल्यै महसुस भएकी थिइन । उ बस्ने घरको रंग खैर थियो । मलाई लिन उ तल चोकसम्म आएको । हिजो शनिबार थियो । मानिसहरु सायद आफ्नै काममा ब्यस्त थिएँ ।
म उ बस्ने घरमा पुग्दा सायद बिहानको एघार बजेको थियो । मलाई लागेको थियो उसले खाना बनाएर राखेको होला । तर पुग्दा त्यस्तो केही थिएन । उसले मलाई लिभिङ रुममा बस भन्यो । अन्कम्फरटेबल हुनु पर्दैन पनि भन्यो । तर खोइ किन म कम्फरटेबल भने थिइन । म कोही छोरामान्छे बस्ने ठाउँमा पहिलोपटक गएकी थिएँ । सायद छोरीमान्छेको रुपमा मैले नाघेको पहिलो पर्खाल त्यही थियो ।
सुरुमा उसले मलाई पानी अफर गर्यो । मैले खाँदिन भनेँ । उसले मलाई त्यसपछि कफि अफर गर्यो मैले हुन्छ भने । यताउता गफ चल्न थाल्यो । त्यसरी भेट्दा खोइ किन म अल्लि लजाएकी पनि थिएँ । लिभिङ रुममा एउटा टिभी र सोफ सेट बाहेक अरु केही थिएन । सायद उ कुनै इङ्लिस् सिरिज हेरिरहेको थियो । घर सायद एक्लै बस्ने भएकाले त्यस्तो सफा थिएन । किचन झन् फोहोर थियो । सामानहरु अर्सल्ल एताउता फैलिएका थिएँ । उसको बेड रुम हेर्न भने म गैन ।
गफ गर्न थालेको केही समयपछि उसले मलाई आज बिदा पनि छ म बिएर खान्छु तिमी बिएर नभए वाइन खाउ भन्यो । मैले सुरुमा नाइ भने । पछि उसले नै केही हुन्न मलाई कम्पनी मात्र देउ भन्यो । मैले अरु बेलामा कहिलेकाही साथीहरुलाई साथ दिन पिउँने गथेँ । उसले केही बेर कर गरेपछि हुन्छ भनेँ । उसले आफ्नो लागि फुल ग्लास बिएर लिएर आयो मेरो लागि हाफ ग्लास वाइन । मेरो ग्लासमा मैले कहिलेकाही पिउँनेभन्दा बढी नै वाइन थियो ।
उसले साथमा चिस्स पनि ल्याएको थियो । मैले कल्पनामा पनि साचेकी थिइन हामी पहिलोभेटमै त्यसरी पिउँनेछु भनेर । बिस्तारै बाइन ले गर्दा कम्फरटेबल हुँदै गएँ । उसले थप दुई ग्लास बिएर खायो । म त्यतिकैमा उ भन्दा बढी टिप्सी भएझै भएकी थिएँ । बिस्तारै गफ नर्मल कुराकानी भन्दा अल्लि इन्टिमेट हुन थाल्यो । उसले मलाई , “इफ यू आर कम्फरटेबल क्यान आइ किस् यू भन्यो “ । मैले हुन्छ पनि हुन्न पनि भन्न सकिन । उ अगाडि बढ्दै गयो । बिस्तारै जे को लागि कम्फरटेबल भएकै थिइन त्यही भयो एकछिनमा मेरा कपडाहरु उसको सोफा भन्दा तल लत्रिएका थिए । म निवस्त्र थिएँ । कम्फरटेबल भै नसके पनि उसलाई मैले नाइ भन्न सकिन । उ म भन्दा अल्लि मातेको थिएँ । उसले अन्त्यमा मलाई हेर्यो मलाई लाग्यो ति मायालू आँखा थिएनन् । मैले उ भित्र त्यो दिन प्यास मात्र देखेँ । मैले जे लाई माया ठान्थेँ त्यो माया रहेनछ भन्ने मैले पहिलोपटक महशुस गरेँ ।
उ वासरुम गएको बेलामा मैले कपडा लगाएँ । खोइ त्यसपछि मैले केही भन्न सकिन । खुसी भने म पट्क्कै थिइन । उसले पठाउबाट क्याब बुक गरिदियो । म घर फर्के ।
फर्केपछि मलाई लागेको थियो उसले फोन गर्नेछ । हाउ यू फिलिङ भनेर सोध्नेछ भन्ने लागेको थियो । तर फोन आएन । राती मैले नै म्यासेज गरेँ । “मलाई राम्रो फिल भैराछैन । इज इट अल फर म्यारिज अर नट भनेर मैले प्रश्न गरेँ” । उत्तरमा “हाहा .. लोल.... डन्ट थिङ्क टु मच , इट्इज जस्ट क्याजुअल थियो ................त्यसपछि ैले पठाएका प्रश्हरु अनुत्तरीत भए ।
No comments:
Post a Comment