Skip to main content

Posts

Showing posts from November, 2018

संझना

कुनै दिन भनेका थियौ  बिर्सिदेउ मलाई र म बिर्सिने निउमा सम्झिरहेछु  आज सपना देख्ने आखामा  बिर्सिने सपना बोकेर  यो सहरको कुनै अध्यारो कोठामा  म पानाहरु भरिरहेछु  र लेखिरहेछु   कहिल्यै नमेटिने अक्षरहरु  सायद बिर्सिदिने अक्षरहरु अजम्बरी हुन्छन्  बनिदिन्छन्  सधैँसधैँका लागी अमर  लागिरहेछ  र लागिरहनेछ  बिर्सिने मष्तिस्क  र सम्झने हृदय  किन समानान्तर रेखाजसरी  गहिरहन्छन् परपर......... कहिल्यै नभेटिनेगरी। 

लेटर टु नगरकोटी

प्रिय लेखक,                    म तपाईलाई प्रिय नगरकोटी  पनि भन्न सक्थें तर किन किन प्रिय लेखक नै भन्न मन लाग्यो । सायद हाम्रो  सम्बन्ध शब्दहरुले गा“सेको सम्बन्ध हो । त्यसैले नगरकोटीभन्दा लेखकनै प्रिय लाग्यो । सात आठ वर्षअघि कोशेलीमा तपाईका लेखहरु पढ्दा तपाईको लेखनशैली  अद्भूत  लाग्थ्यो त्यसैले पढ्थें । पटकपटक पढ्थें र पटकपटक पट्याएर राख्थें । मेरो किशोर मष्तिस्कले तपाईको परसनालिटि कस्तो होला भन्ने सोचिरहन्थ्यो अझै सोचिरहन्छ । तपाईको लेखहरु पढ्नुको अर्को कारण चैं तपाईको लेखनमा पारिजात र सकमबरी दुबै आउथें र दुवै मेरा प्रिय थिए त्यसैले पढ्थें ।  सुरुवाती चरणमा तपाईलाई पढ्नुको कारण पनि त्यहि थियो । अक्षरगञ्ज पढ्दा मलाई खासै नौलो फिल भएन कारण तपाईको क्याजुअल लेखहरुको रिभिजिट थियो त्यो । मोक्षान्त फिभर अझै पढेको छैन । पढेको छैन भन्दा अनौठो लाग्ला तर फोसिल र मिस्टिका अक्षरअक्षर पढेको छु, पटकपटक पढेको छु । किनकिन मलाई तपाईका महिला पात्रहरु सारै मनपरे सायद सकमबरीजती नै । मलाई अद्भूत पल्ट र बिषयबस्तुभन्दा अद्भूत पात्रहरुले बढि छुने गर्छ । मिस्टिका मनपर्नुको कारण पनि त्यहि थियो साथ

विल यु म्यारी मि

       एकाएक चिनेर पनि अपरिचित जसरी मैले आफ्नै बाटो रोजेकी थिऍ  । सजिलो थिएन एकाएक सधैँ  लागेको यर्थाथलाई भ्रम रहेछ भनेर बुझ्न  । दुईचार हप्तासम्म म डिस्टर्ब थिऍ  किनकिन संसार अनौठो लाग्यो । मसंग  सोध्नको लागि उस्लाई  प्रश्नहरु त धेरै थिए तर किनकिन सोधिन । लाग्यो अब प्रस्ट हुनको लागी केही बाकी छैन । आज किनकिन उस्लाई देख्दा म फेरी त्यही दिनमा पुगे“ जुनदिन “विल यु म्यारी मि?” को जबाफ “आइ क्यान नेभर कर्स आवर र्टिउ फेर्नसिप“ पाएको थिऍ ।          हामी साथी त थियौं तर मेरो भ्रम के थियो भने मलाई लाग्थ्यो हाम्रो सम्बन्ध मात्र साथी भन्दा धेरै गहिरो  छ । कहिलेकाही लाग्छ म एकदुई होईन लगभग पाँच वर्षसम्म कसरी भ्रममा बाचेहुला । सायद म बढी नै भ्रममा बाच्ने मान्छे थिऍ  । अहिले सोच्दा आफैं देखेर हाँसो  उठ्छ । जुन दिन मैले उस्लाई मसँग  बिहे गर्छौ ? भनेर सोधेको थिऍ “ त्यो दिन सम्झदा आज पनि म जिरिंग ¨ हुन्छु धेरै समयपछि पनि । आज मैले उस्लाई हेर्ने दृश्ठिकोण, समय, परिवेश सबै परिर्वतन भएको छ तर कहिलेकाही लाग्छ केहि परिर्वतन भएकै छैन । लाग्छ आज पनि म त्यही भ्रममा बाचिरहेको छु जसरी मैले पाँच बर्ष बिताए“ ।