एकाएक चिनेर पनि अपरिचित जसरी मैले आफ्नै बाटो रोजेकी थिऍ । सजिलो थिएन एकाएक सधैँ लागेको यर्थाथलाई भ्रम रहेछ भनेर बुझ्न । दुईचार हप्तासम्म म डिस्टर्ब थिऍ किनकिन संसार अनौठो लाग्यो । मसंग सोध्नको लागि उस्लाई प्रश्नहरु त धेरै थिए तर किनकिन सोधिन । लाग्यो अब प्रस्ट हुनको लागी केही बाकी छैन । आज किनकिन उस्लाई देख्दा म फेरी त्यही दिनमा पुगे“ जुनदिन “विल यु म्यारी मि?” को जबाफ “आइ क्यान नेभर कर्स आवर र्टिउ फेर्नसिप“ पाएको थिऍ ।
हामी साथी त थियौं तर मेरो भ्रम के थियो भने मलाई लाग्थ्यो हाम्रो सम्बन्ध मात्र साथी भन्दा धेरै गहिरो छ । कहिलेकाही लाग्छ म एकदुई होईन लगभग पाँच वर्षसम्म कसरी भ्रममा बाचेहुला । सायद म बढी नै भ्रममा बाच्ने मान्छे थिऍ । अहिले सोच्दा आफैं देखेर हाँसो उठ्छ । जुन दिन मैले उस्लाई मसँग बिहे गर्छौ ? भनेर सोधेको थिऍ “ त्यो दिन सम्झदा आज पनि म जिरिंग ¨ हुन्छु धेरै समयपछि पनि । आज मैले उस्लाई हेर्ने दृश्ठिकोण, समय, परिवेश सबै परिर्वतन भएको छ तर कहिलेकाही लाग्छ केहि परिर्वतन भएकै छैन । लाग्छ आज पनि म त्यही भ्रममा बाचिरहेको छु जसरी मैले पाँच बर्ष बिताए“ ।
बिहेको प्रस्ताव राखेको दिन म उस्लाई “ I love you ” पनि भन्न सक्थें तर किन किन भन्न मन लागेन । प्रेम त आज पनि गर्छु उस्लाई हिजोजस्तै । मलाई लागेको थियो जब एउटा प्रिय साथी जीवनसाथी बन्छ भने त्योभन्दा सुन्दर सम्बन्ध अरु कुन होला । बास्तबमा मलाई लोग्ने होइन जीवन बिताउने साथी चाहिएको थियो । त्यो दिन उस्ले मलाई “ I don't want to marry you! “ भनेको भए सायद म त्यती दुखी हुन्थीन होला जति “ I cannot cross our true friendship“ सुनेर भऍ । आज पनि कहिलेकाही आफैंलाई सोध्छु, के लोग्ने र स्वास्नी साथी हुन सक्दैनन् ? के असल साथीहरु लोग्ने स्वास्नी हुनु गलत हो?
साथी भनेको संसारकै सुन्दर सम्बन्ध हो । जब साथीलाई प्रेम गरिन्छ त्योभन्दा सुन्दर अनुभूती अरु केही हुदैन । उ मेरो असल साथी थियो सायद अलिअलि मजस्तै अलिअलि मभन्दा फरक । हामीहरु आ–आफ्नै जीवनका मालिक मालिकनी रहेछौ सबैकुरा आ–आफ्नै दृश्ठिकोणले हेर्यौ । र आ–आफ्नै बाटोहरु रोज्यौं । कहिलेकाही लाग्छ सायद म गलत थिऍ र गलत प्रस्ताव राखें । तर पनि कलेज जीवनका धेरै सुन्दर क्षणका साक्षी हामी दुवै भएका छौं । आज पनि सम्झदा मुस्कुराऊने मानिस भएर उ सदासदाको लागि मेरो जीवनको एउटा पानामा सुरक्षित छ ।

No comments:
Post a Comment