Skip to main content

Posts

Showing posts from 2024

वर्षभरी भेटेका किशोर पात्रहरु

प्रिय कोजिमा, गोपी, सुम्निमा, लिटल डग र बिनानामको प्रिय पात्र थाहा छैन किन मलाई लाग्छ हामी सबैसँग कसैलाई खुलेर भन्न नसक्ने गुम्सिएका कथाहरु छन् । चाहेर नचाहेर हुनु र नहुनुको दोसाधमा मैले झै तिमीहरुले पनि त आफूलाई झिनो ठान्यौ । संसारको भब्यताभित्र धेरैलाई लाग्दो हो उनीहरुको अस्तित्वलाई सबैले सेलेब्रेट गर्नेछन् । तर हामी त्यस्ता पनि त छौ जसलाई लाग्छ हाम्रो अस्तित्व हुनु र नहुनुको मझधारमा कहि कतै अल्झिरहेझै लाग्छ । हामी ती धुमिल रेखाहरु हौ जसलाई अरुले सजिलै देख्न सक्दैनन् । यी यस्तै  धुमिलतामा अल्झिरहको बेला आफूझै कोही अरु भेट्नुले पनि केही अर्थ राख्छ । सायद यो त्यही हो..... बर्षभरी सुम्निमाले मलाई छोडिन । उ  श्रद्वा घलेको कलमबाट निस्किएकी एक जोद्धा केटी मात्र थिइन । उ त मेरो चलिरहेको अनुसन्धानको एक टेक्स्ट पनि थिइ । करिब सत्तरी पेजको थेसिसमा सायद उ चालिस पेजमा फैलिएकी छ । त्यहाँ म उसलाई उ कम पात्र झै बढी मान्छु । तर म उसलाई पात्रमा मात्र टुङ्ग्याउँन चाहन्न ।  म उसलाई प्रेम गर्छु । तर मैले लेखेका पानाहरुमा उ प्रेमील छैन । तर म उसलाई ति पानाहरु बेगर नै प्रेम गर्छु जसरी म मेरा साथीहरुला

शून्य बर्षका शून्य कुराहरु

शून्य कस्तो मिठो शब्द है ! आज शून्य बर्षको अन्तिम दिनमा छौ । आज पनि तीन पछाडी शून्य नै छ । दिन हिजो जस्तै छ । बादलले आकाशलाई छोड्न सकेको छैन जसरी खोकीले मलाई छोडेको छैन । सायद आकाश र म समय र भोगाइको उहीँ रफ्तारमा छौ । तर यो बिष्मयको कथा होइन । बर्षहरु त नियती हुन् । नियतीलाई त हामीले अंगाल्न सक्नुपर्छ । अथवा यसलाई सामान्निकरण गर्नुपर्छ जसरी यो महिना खोकिलाई मैले गरेँ । जसरी आकाशलाई बादलले गर्यो .... बर्षहरु चाडै जान्छन् हैँ । तथापी यीनिहरुलाई बिदा गर्न मन लाग्दैन । भोलिबाट नै म फेरी अर्को अंक थप्न तयार छैन । तर बितेका दिनहरुलाई फर्केर हेर्न तयार छु । जसरी बर्षौ अगाडीका पानाहरुलाई म बिना झनझट पल्टाउँछु । समय कुनै चित्र भएको भएँ समयसँगै रंगहरु फिक्का हुँदै जान्थे होलान् । छाँया र प्रतिछाँयाहरु बादलहरु भ्mै धुम्म पर्थे होलान् । तर यो समयको क्यानभाष हो । मेरो लागि बुढो समय अरु कसैको लागि यौवन पनि हुन सक्नेछ । सायद समय र बर्षहरु नियतीका बिम्बहरु मात्र हुन्  । वा यी चित्रमा कतै हराएका धुमिल रेखाहरु मात्र हुन् । कहिलेकाही लाग्छ समयलाई मैले बुझिन वा समयले मलाई बुझेन । वा हामी दुबै घमण्डी

तीसका तीस कुरा

प्रिय तीस, सायद म अंकहरुलाई कहिल्यै बुझ्न सक्दिन । नबुझ्दा नबुझ्दै थाहा छैन कसरी एक दिन आमाले अचानक भन्दिनु भयो तँ तीसकी भैस । तीस मेरा लागि अनौठो नम्बर थियो जस्तोकी स्रोह । स्रोह मेरा लागि गीतमा, सिनेमामा अथवा पुस्तकमा ब्याख्या गरीएझै उज्यालो थिएन । आज पनि म मेरो स्रोहलाई सम्झन चाहन्न । जसरी स्रोहले मलाई तर्साएको थियो त्यसैगरी मेरो  उमेरमा थपिएको तीनले मलाई हेरक दिन तर्साउँछ । कहिलेकाही लाग्छ म भित्रको तीनलाई छोडिदिउँ फेरी दुईमा फर्किदिउँ । वा  तीनलाई छोडेर चारमा फड्किदिउँ । वा दुईलाई आफूभित्र रहेको बच्पना ठानि लुकाइदिउँ र त्यसैमा रमाइदिउँ । गएका सायद दशवटा जन्मदिन मेरा लागि अनौठा थिएँ । सामाजिक सञ्जालमा पाइने सुभकामनाहरुले म पुलकित हुन्थेँ । सायद त्यो दुईको बच्पना थियो । तर जब तीनले मलाई पच्छ्याउँन थाल्यो म मेरा सामाजिक भित्ताहरु थपिएको नम्बरलाई अपनाउँन तयार थिइन । बिहानै भाइलाई भने आज मेरो जन्मदिन भनेर फेसबुकमा नलेखेस् । सायद त्यो तीनले ल्याएको चैते हुरी थियो । सायद समयले देखाएको जीवनको  उराठता ।  तीन जोर नम्बर होइन यो समयले ल्याएको बिजोडिपन पनि हो । तीसले छुनेबित्तिकै तपाई बिसलाई स

नोटिफिकेसन

निर्जला अधिकारी मोवाइलमा नयाँ नोटिफिकेसन आएको छ । इमेल रहेछ । मलाई इमेलहरु पढ्न सदा अल्छि लाग्छ । कोही किन यतिधेरै फर्मल बन्छ इमेलमा । मलाई सधै लाग्छ इमेलको सट्टा बोरु कसैले चिठ्ठि लेखोस् । मलाई कसैले चिठ्ठि लेखेको छैन आजसम्म मैले पनि त लेखेको छैन । म चाहन्छु कसैले त लेखोस् ।  इमेल खोल्छु नाम छ संस्कृति । को संस्कृति ? कहाँकी संस्कृति.... म चिन्दिन । हुनसक्छ उ कोही मैले नचिनेकी हो  । इमेल खोल्छु .......... प्रिय विज्ञान,  म तिमीलाई सञ्चै छौ भन्दिन । मलाई लाग्छ आज पनि कुनै घाट छेउ तिमी आफ्नै क्यामरामा मस्त छौ । हामी एकअर्काका लागि बेमेल मानिसहरु थियौ । र पनि सबैले सोचेझै हामी एक अर्काका बाट पर..... रहिरहन सकेनौ । समयसँगै हामीले एकअर्कालाई अपनायौ । हामी सँग दुरीहरु धेरै थिएँ । नदिका दुई किनाराझै मलाई लाग्थ्यो हाम्रो मेल कहिल्यै हुनेछैन ।  तिम्रो र मेरो जीवन दुई क्षितिजको यात्रा थियो । दुई क्षितिजको मिलन चाहेर पनि सम्भव थिएन । न तिमी मलाई अपनाउँन तयार थियौ न म तिम्लाई । मलाई सधै लाग्थ्यो तिम्रो उपलब्धि केबल एक क्षणिक भ्रम हो । संसार तिमीले सोचेझै सपाट छैन । बाच्नको लागि बिश्वासको आवश्यक

एघार

सान्द्रा सिस्नेरोज यो उमेरको कथा हो । हामीलाई जस्तै तपाईलाई पनि लाग्दो हो तपाई कि त आफ्नो उमेरभन्दा ठूलो हुनुहुन्छ कि सानो । हामी ठिक आफ्नो उमेरको बिरलै महशुस गर्छौ । सान्द्रा सिस्नेरोजको यो कथा यस्तै उमेरको कथा हो । “बुमन होलरिङ क्रिक एन्ड अदर स्टोरिज ” नामक कथाको किताबमा प्रकाशित यस कथाले उमेरको यिनै उतारचडाबलाई ब्यक्त गर्छ । यो अनुवाद हामी निर्जला अधिकारी र मुना सापकोटाको संयूक्त काम हो आशा छ तपाइहरुलाई मनपर्ने छ । जन्मदिनबारे मान्छेहरुले बिरलै बुझ्छन्  सायदै भन्छन् कि जब हामी एघारको हुन्छौ हामीभित्र  दश, नौ , आठ, सात, छ, पाँच, चार, तिन, दुई र एक पनि हुन्छ । एघारौं जन्मदिन भएपनि उठ्नेबित्तिकै हामीलाई एघारको महशुस हुँदैन । आँखा खोल्दा हिजोको जस्तै लाग्ने सबैकुरा आजको भैसकेको हुन्छ । तर हामीलाई एघारको जस्तो पटक्कै लाग्दैन, हामीलाई लाग्छ हामी दशकै हांै ।  उमेरले हामीलाई कताकता एघारको बनाउँछ । जस्तो कि कुनै दिन केही उट्पट्याङ कुरा भन्नुपर्ने हुनसक्छ, त्यो हामीभित्रको दश हो । कहिलेकाही डराएको बेला हामीलाई आफ्नो आमाको काखमा बस्नुपर्ने हुनसक्छ त्यो हामीभित्रको पाँच बर्षे पाटो हो । सायद ठूल

प्रिय म

     कहिलेकाही लाग्दैन आफैँले आफैँलाई प्रिय भनिदिउँ । तर यो कुनै स्याबासी होइन । कुनै राम्रो काम गरेबात पाएका सुनौला शब्दहरु पनि होइन । तर कहिलेकाही जब अनौठो परिस्थतिमा अड्किएको महसुस हुन्छ  आफैँले आफैँलाई प्रिय भनिदिउँ जस्तो लाग्छ । यी तिनै शब्दहरु हुन् जसलाई भन्न आवस्यक थियो ।      जीवनको अनौठो मझदारमा अड्किएको छु । गाडिमा लगाएको ब्रेकझै अगाडी बढ्न खोज्दा पछि धकेलिएझै महसुस हुन्छ । हारेको महशुस हुनु अनौठो अनुभूती रहेछ आजकाल महसुस हुन्छ । आफूले आफैँलाई शक्तिहिन ठान्नु कुरुप अवस्था हो । तर एक मनले भन्छ म यस्तो अनुभूत गर्न चाहन्न । अथवा चाहेको पनि होइन । तर परिस्थतिसँग भागिरहन पनि त सक्दिन । एक मन भन्छ अध्यारा दिनहरु सधैँ रहँदैनन् हरेक अध्यारा दिनपछि उज्याला दिनहरु पनि आउँछन् । तर पनि लाग्छ के सधैँ यस्तै त रहँदैन ।      यी प्रश्नहरु पनि आफ्नै थिएँ । उत्तरको प्रतिक्षा पनि आफ्नै थियो । तथापी आफैले आफैँलाई मनाउँन सकिरहेको छैन । यस्तो लाग्छ सबैसँग लुकेर हिडिदिउँ । आफूले आफैँलाई हारेको साबित गरिदिउँ । हार्न भन्दा पनि आफूँले आफैँलाई हारेको सावित गर्न ग्राहो रहेछ । हरेका हारहरु भन्दा हार्नुको

...........पर कतै

  “पानाहरु खाली छन् । डायरी नयाँ छ तर भन्नको लागि केही छैन । भन्नेकुरा पनि सिद्विएपछि अरु केही बाकी रहँला र !” थाहा छैन किन यि यस्तै सोच्दै छु । ... निष्पट्ट अध्यारोमा आफूलाई अझ अध्यारो भेट्दैछु । कैसैले सोध्यो भने, “तिमी अध्यारो देखी डराउँछौ वा भिँड देखी” । म सजिलै भिडदेखी भनिदिनेछु ।  भिँड किन यति धेरै......भड्किलो छ । भिडको पछाडी किन यती धेरै धुलो छ । किन भिडले केही नदेख्ने बनाउँछ । थाहा छैन किन भिडले मलाई अत्याउँछ मात्र । कहिलेकाही त आफ्नो परिवार पनि भिडझै लाग्छ । यदाकदा त आफैँलाई भिड सम्झेर तर्सन्छु पनि । कुनै दिन भिडमा हराएँ भने मलाई खोज्न कोही आउँला कि नआउँला । वा म आफैँले आफैँलाई भेटुँला वा नभेटुँला । किन पत्रिका भिडझै लाग्छ । किन टिभिका मानिसहरु भिडझै कराउँछन् । किन सबैलाई लाग्छ उनीहरुले बोलेको कुरा सबैभन्दा अर्थपूर्ण छ । तर किन सबका आवाजहरु, शब्दहरु भिडको आवाज झै अष्पष्ट र कर्कश छन् । अधिर, अष्पस्ट्ट , र बेतालका यी आवाजहरुले म आतिएकी छु । तर बाधिएकी पनि छु । जान खोज्छु कहि पर.... किन यो भिडले मलाई बोलाएझै लाग्छ । र फेरी म भिडकै आवाजमा मिस्सिन पुग्छु । थाहा छैन किन मला

तिमी र म एक यात्रा

तिम्रो सिङ्गो उपस्थिती  मेरो सिङ्गो आयू थियो  तिम्रो उचाई देखेर  मैले आफ्नो पुड्काई थाहा पाए तिम्रो अग्लाइले मलाई बग्न सिकायो  तिमी पग्लिएर बनेको गहिराइले  मलाई डुब्न सिकायो  फरक यति हो तिमी परको हिमाल हौ  म वरको नदि ।। थाहा छैन तिमीले कहिल्यै बुझ्यौ वा बुझेनौं । सायद बुझेनौं वा कहिल्यै बुझ्ने छैनौ, यो म जान्दिन । तर यो कविता तिम्रो लागी थियो । हिमालको विम्बमा तिमी थियौ नदिको बिम्बमा म थिएँ । तिम्रो उचाई मेरो अस्तित्व बन्यो म तिम्रो अस्तित्वमा बाचेँ । कहिलेकाही लाग्छ म विम्बमा बाचें । तिमीलाई लाग्ला विम्बमा बाच्न सजिलो छ । छैन भन्न म सक्दिन, छ भन्ने मसँग साहस छैन । तिमीलाई लाग्ला म कवि भएँ र एक लहडी कविझै कवित्वमा बोल्दैछु । तिमीलाई लाग्नु ठिकै हो तर म कबि होइन म त प्रेमी हुँ । हुन त कवि र प्रेमी  हुनुको भिन्नता मलाई थाहा छैन । मैले जे लेखें कवि भएर होइन प्रेमी  भएर लेखें । आज आएर महशुस हुन्छ प्रेममा बाच्नु कवित्वमा बाच्नु रहेछ । सायद तिमी पनि प्रेम नभएर कबिता पो थियौ की ? तिमी एक मौन कबिता बन्यौ मैले त्यो मौनतालाई नै प्रेम गरें । मौनतालाई प्रेम गर्नु एकतर्फबाट हेर्दा तिम्लाई होइन

काठको पुतली

“अब तिमी ठूली भयौ यस्तो खेल्नु हुन्न । पुतलीसँग खेली राख्यौ भने तिमी कहिल्यै ठूली हुनेछैनौ” आमाले मेरो हातको काठको पुतली फालीदिँदै भन्नुभयो । “ तिमी त अप्सरा हौ, तिम्रो नाम पनि त अप्सरा हो । अप्सराहरु आफैँ पुतली हुन्छन् पुतली खेलाउँदैनन् ।” फेरी आमाले थप्नुभयो । म कक्षा सातको परीक्षा दिएर घरमा बसेकी थिएँ । म सँग बर्षौ देखी एउटा काठको पुतली थियो । साथमा उसका  लागि .....आमाका साडीका टुक्राहरु .......... साथमा अंगार..... कमेरो र रातो माटो  पनि थियो । उ मेरी सखी थिइ । म उसँग कसैले नदेख्ने गरेर गफ गर्थे । उ मेरो लागि सबै थिइ । कहिलेकाही बैनी ठानेर सिँगार पटार गरिदिन मिल्ने । कहिलेकाही सखा ठानेर गफ गरिदिन मिल्ने । कहिलेकाही आफैँ ठानेर आफैँ बनिदिन मिल्ने । आमालाई केही बर्षदेखी मैले पुतली खेलाएको मन पर्दैनथ्यो । म नछुनी हुन थालेपछि झन् मनपर्न छोडेको थियो । पहिलेपहिले म जाँतो पछाडिको सानो कोठीमा बसेर खेल्ने गर्थे । तर आमाको गालि खान थालेपछि काठको पुतलीलाई मैले मेरै खाट मुनी राख्न थालेँ । आमा मेलामा गएको बेलामा मलाई रमाइलो लाग्थ्यो । म उसँग खेल्न पाउँथे । आमाको आँखा छलीछली पुतलीसँग खेल्ने बानी म

रुपि कौरको “होम बडी” शरीररुपी घरको एक विम्बात्मक चित्र

मलाई थाहा थिएन ऊ को थियो हुनसक्छ एक बलत्कारी जसलाई मैले पर छोडेँ वा मैले एक अपराधीलाई प्रेमी माने  उसले मलाई छोड्यो  वा मैले अर्कोलाई भेटेँ र उसलाई गुमाएँ हुनसक्छ........ त्यो प्रेम थियो वा मैले पाएको बिछोडको उपहार  वा............ त्यो सब जो एकैसाथ मलाई मिलेको थियो । –जहाँबाट नैराश्यता सुरु भयो , रुपि कौर नैराश्यतालाई ब्यक्त गर्न सजिलो छैन अझ विम्बमा । भोगाइको हिसाबले आधुनिक समाजमा नैराश्यताको उपस्थिती एक पुरानो दोहोरिरहने विम्बझै लागे पनि कवितामा यसको उपस्थिती खासै धेरै भेटिदैन । नैराश्यताको शुष्म स्वरुपलाई ब्यक्त गरिएका माथीका हरफहरु रुपि कौरको पछिल्लो कविताकृति “होम बडी” बाट लिइएको हो । किताबमा उनी मानव शरीरलाई घरसँग तुलना गर्छिन् जसले पाठकलाई शरीररुपि घरको कवितात्मक यात्रा गराउँछ । नैराश्यता, खालीपन, यौनर्दूब्यबहार, प्रेम, सम्बन्ध, मानव जीवनका यी यस्तै आयामहरुलाई उनले पुस्तकमा घरकै बिम्बको वरीपरी रहेर ब्याख्या गरेकी छन् । धेरैले भोगेका तर बोल्न हिचकिचाएका यी अनुभबजन्य तहहरुलाई उनका कविताले पत्रपत्र केल्याएका छन् । अंग्रेजी पत्रिका “ग्राडियन” मा प्रकाशित एक आलेखमा जे ग्रिफथले भनेका

एक्ली छोरी

  सान्द्रा सिस्नेरोज यो लेखकको आफ्नै कथा हो, सान्द्रा सिस्नेरोजको कथा । लेखकको आफ्नै कथाले आप्रवासी, गरिव र  छ छोराहरु भएको परिवारकी एक्ली छोरी भएर लेखक बन्न चाहनु के रहेछ भन्ने बुझाउँछ । ब्यक्तिगत कथामात्र जस्तो  लाग्ने यस निबन्धको आयातन भने हामीले सोचेझै साघुरो छैन । यो आशा, निराशा र भरोसामा उभ्भिएको अक्षरको कथा हो । यस निबन्ध सन् १९९० मा ‘ग्ल्यामर’मा पहिलोपटक प्रकाशित भएको थियो । धेरै वर्ष पहिले जब म आफ्नो लेखन यात्राको सुरुवाती क्रममा थिएँ,  मलाई आफ्नै परिचय लेख्न भनियो । कथासंग्रहको लागि, जसमा मेरा कथाहरु पनि राखिएका थिए । मैले लेखेँ, “म छ जना छोराहरु भएको परिवारकी एक्ली छोरी हुँ ।” अनि फेरी सोच्न थालेँ , हो यसले मेरो बारेमा धेरै कुरा भन्छ तर पाठकको लागी मैले लेख्नुपथ्र्याे, “म छ जना छोराहरु भएको मेक्सिकन परिवारकी एक्ली छोरी हुँ ।” वा, “म मेक्सिकन बाबु र मेक्सिकन अमेरिकन आमाकी एक्ली छोरी हुँ” अथवा “म नौ जनाको गरीव परिवारकी एक्ली छोरी हुँ ।” यी सबै कुराहरुले आज म जे हुँ त्यो हुनुको महत्व राख्छ । म केबल एक्ली छोरी हुँ र थिएँ, मात्र एक्ली छोरी । छ छोराहरु भएको परिवारको एक्ली छोरी

भन जे तिमीलाई भन्नु छ– पूर्नदावी

  पुसको महिना काठमाडौँ अप्रिय लाग्छ । चिसा दिनमा चिसोपनलाई नै साक्षी राखेर कहि कतै बरालिउँ झै लाग्छ । पुस १३ मा थाहा छैन किन दुई दिनको बिदामा काठमाडौँमै बिताउँझै लागेन । बिहान लिनुपर्ने आफ्ना कक्षाहरु भ्याएँ ममिलाई भने घर लाउँछु । ममिले भन्नुभयो बिदा भयो र ! होइन त्यसै पन्ध्र पुस मनाउँन । छोरीको घर आउँने खबरले सायद ममि खुसी नै हुनुभयो ।  एक दिनपछि पन्ध्र पुस थियो । गुरुङहरुको लोसार, लोसारमा घरमा जानु भनेको बर्षौ सम्म नदेखेको लोसार झाकीँ हेर्नु पनि हो । त्यसको लोभ पनि थियो । घर गएँ । पुस १४ को दिन मेरो चिनजानको एकजना साथी उतै हुनुहुन्थ्यो । एकपटक भेटौ भन्ने लाग्यो । भोलीपल्ट बिहानै ममिलाई भने दिउँसो एकपटक बेशिशहर जान्छु है साथीलाई भेट्नु छ । पहिले ममिलाई लाग्यो होला केटी साथी हो । पछि सोध्नुभयो केटी कि केटा ? मलाई लाग्थ्यो मेरी आमा अल्लि उदार छिन्, उ बेला गाउँकै सबैभन्दा धेरै पढेकी पढाउँने मान्छे । “केटा साथी” मैले भने । ममिको अनुहार अध्यारो भयो । मैले आफ्नी आमाको त्यती अध्यारो अनुहार कहिल्यै देखेको थिइन । “नजा भन्न सक्नुभएन जा पनि भन्नुभएन । अनि एकछिन पछि भन्नुभयो “काठमाडौँमा जे गर

भो म फर्किन चाहन्न

    स्कुलबाट फर्किदै छु । पानी परेको छ । छोरी र म एउटै छातामा छौँ । मेरो एक पाखो निर्थुक भिजिसकेको छ । “मामू आज घर गएपछि मम खाने है” । छोरी भन्छे म केही बोल्दिन । “हस् भन्नुस् न” उ फेरी जोड दिन्छे । म हुन्छ भनेझै गर्छु । कोठामा आइपुग्दा झमक्क साँझ परेको छ । बिहान पकाएका र खाएका भाडाहरु बेसिनमा त्यसै छन् । बाहिर केही मानिसहरु आएझै लाग्छ । किचनको झ्यालबाट हेर्छु । चिनेका तर चिन्न नचाहँने केही अनुहारहरु छन् । बाहिर उनीहरु कसैलाई सोध्दै छन् , “पुनम बस्ने घर यही होइन र ?” बाहिर कसैले हो भन्दैछ । उनीहरु सरासर भित्र पस्छन् ।  म उनीहरुलाई नदेखेझै गर्न सक्दिन । म किचन नभएर सुत्ने कोठामा लग्छु । नानी अलमलमा पर्छे । आएकामध्धे एउटीले भन्छिन्, “नानी मलाई चिन्यौ म तिम्रो ठूलोमामू !” छोरी अलमल्लमा परेर मलाई हेर्छे  म केही नभएझै गर्छु । म उनीहरुसँग चाहेर पनि सहज हुन सक्दिन । “यतिका समयपछि किन सम्झनु भयो?” म अरु कुनै भूमीका नबाधी सोध्छु । किनकिन म छोरीले सबैकुरा सुनोस् भन्ने चाहन्न । म उस्लाई बाहिर खेल्न पठाउँछु । “पुनम, खै के भन्ने तिम्रो गल्ति भन्न पनि म सक्दिन । तर कि घर फर्क कि डिभोर्स देउ ।

छाया र प्रतिछायाको उन्मूक्त कोलाज : सकमबरी र स्परेन्जा

यी कुनै चित्रकारले क्यानभासमा कोरेका अस्तित्वका बाङ्गाटिङ्गा रेखाहरु होइनन् । यी कुनै बन्धनका प्रतिछायाहरु पनि होइनन् , न त जिविकाका लागी गरिएका जीवनका दुखेसाहरु । यी त प्रेमका पदचापमा भेटिएका उन्मूक्तिका बिम्बहरु हुन् ।  प्रिय सकमबरी प्रिय स्परेन्जा  सप्रेम मैले तिमीहरुलाई तिम्रा लेखकहरुले झै पात्रको चरित्रमा मात्र देख्न सकिन । लाग्छ, तिमीहरु बिना कविताका बिम्ब वा बिना बिम्बका कविताहरु हौ । कहिलेकाही सोच्छु तिमीहरु कविता होइनौ र पनि कविता हौ । पात्रलाई पात्र नठानेर साहित्यको सिंगो बिधा नै ठान्नु यो मेरो दुस्प्रयास हो , सायद प्रेमिल दुस्प्रयास ।  कहिलेकाही लाग्छ पारिजात आमा हो सकमबरी छोरी हो । साघुरो भूगोलभित्र आमा अट्छे भने छोरीको भूगोल त्यो भन्दा अति नै बृह्त कसरी बन्न सक्ला । सायद पारिजातको फराकिलो भूगोलको एक अंश सकमबरी हो  । हुनसक्छ पारिजात छाँया हो सकमबरी प्रतिछाया । छायाभित्र अटेको वा त्यो भन्दा पर पुगेकी सकमबरी सायद पारिजाताको कल्पनाको प्रतिस्थापन हो । पर अमेरिकाको सुदुरपूर्व गाउँ सिकागोको कुनै आप्रबासी घरबाट स्परेन्जा भन्छे, “ फ्ल्याट होइन । न कुनै अपाट्मेन्ट । वा कुनै पुरुषक

प्रिय कविको नाममाः एक पाठकपत्र

आजकल कविहरु जहाँतही भेटिन्छन् । कवि हुन सजिलो छ , केही शब्दहरु वा भावहरुलाई इन्टर दिई दिई लेख्दा हुन्छ । छाप्न पनि सजिलो छ कविता भनेर पढाउँनुस् तपाई सजिलै छापिनुहुन्छ । अथवा मेलोडा«माटीक भएर केही लयमा बोल्नुस् तपाईको नाम जताततै फिजिनेछ । तर कविताझै कवि हुनेहरु यो सहरमा गुमनाम छन् । सायद सहरले कविताको मौनतालाई बुझ्दैन । वा भनौ सहर कविहरुको मौनता प्रति बेखवर छ । आज म कविताझै लाग्ने एक कवि बारे बोल्दैछु । कविहरु प्रेमिल हुन्छन्, उनीहरु बारे हल्ला गर्नु  प्रेमिलताको नियमलाई तोड्नु हो । सायद नियमहरु तोड्नकै लागि बनेका हुन् । नियमको सुन्दरता त्यसलाई तोड्नुमा पो छ कि ? आज त्यही गर्दैछु । प्रसन्न घिमिरे मेरो लागि कवि र कविता दुबै हुन् । उनी हल्ला गर्दैनन् , शब्दमा निशब्दता खोज्छन् । कविता शब्दहरुको कोलाहाल होइन । कवि कुनै हाट बजार चिच्याउँने नटकी पनि होइन । कवि शब्द र भाव दुबै हो । जब शब्दहरुको कोलाहलमा कवि फस्छ तब कवि कवि रहदैन । कविता कविता बन्दैन ।  मलाई लाग्छ सहरले उनलाई विरलै चिन्छ । सहरले कोलाहललाई सुन्छ, यहाँ चिच्याउनेको कमि पनि त छैन ।  थाहा छैन “मिझोर” लेखेपछि उनी कहाँ हराए ।

महिला बिनाका पुरुषहरु

       पुरुष बिनाका महिलाहरुबारे समाज जमेर चर्चा गर्छ । पुरुष बिना जीवन चलाएका महिलाहरुलाई कि त बहादुर ठान्निछ कि त लहडी । साहित्यमा पनि त्यहि लागु हुन्छ । पुरुष बेगरका महिलाबारे जति लेखिएको छ महिला बेगरका पुरुषबारे त्यसको तुलतामा असाध्दै कम लेखिएको छ । एक्ला पुरुष जसले आफ्नो जीवनमा अति नजिकका महिलाहरु गुमाएका छन्  उनीहरुका भित्रि कथा, जापानि लेखक हारुकी मुराकामी आफ्नो कथासंग्रह “ म्यान उइथवाउट उमनमा” प्रस्तुत गर्छन् । आख्यानको यो पुस्तकले बाहिरबाट हेर्दा कठोरजस्ता देखिने पुरुष भित्रका एक्ला र कोमल कथाहरु पत्रपत्रमा कहन्छ ।  सातवटा कथा सम्मिलित पुस्तकको पहिलो कथा रहेको छ “डा«इभ माइ कार” जसमा लेखकले श्रीमती गुमाएका एक्ला तर उनकै यादमा थप जीवन ब्यतित गरेका काफूकोको कथा प्रस्तुत गर्छन ् । जसमा कथाका प्रमुख पात्रले आफ्नो आँखामा आएको समस्याको कारण एक २४ बर्षीय महिलालाई आफ्नो निजि र्डाइभरको रुपमा राख्छन् र आफ्ना कथाहरु कहन्छन् । काफूको पेषाले एक रँगमञ्च अभिनेता हुन् । करिब दश बर्ष पहिले उनले  श्रीमती गुमाएका थिए । श्रीमतिसँगको बिछोडका साथै  अन्य घटनालाई सामान्य भवितव्य मानेर उनी  जीवनमा अघ

मेरो कथा

  सायद यो कथा मैले भनिन  भने अरु कसैले भन्ने छैन । वा अरु कसैले भने पनि यहि रुपमा भन्ने छैन । मैले अहिलेसम्म मेरो आफ्नै कथा आफ्नै हो भनेर भन्ने आट गरेकी छैन । यो साहस म भित्र बर्षौ सम्म मलाई विथोलेका तमाम बिरोधाभासको उपज हो । वा ति तमाम दुर्घटनाहरु जसका कारण आज पनि म बथोलिन्छु । यो मेरो निर्तान्त ब्यक्तिगत कथा हो तर म यसलाई ब्यक्तिगत मात्र भनेर अघुताभाषमा अन्त्य गर्न चाहन्न । यो कथा जति ब्यक्तिगत छ त्यतिनै राजनैतिक पनि छ । मेरा तमाम आफन्त र परिवारलाई नभनेको भए हुन्थ्यो भन्ने लाग्न सक्छ  वा यो पढेपछि दुखी पनि हुन सक्नुहुन्छ । मलाई अहिले पनि लाग्छ मेरो परिवारले यो नपढोस् । यो कागजझै कच्याकुचुक भएर डल्लो परेर म भित्र बर्षौ बाचिरहेको एक अध्यारो कथा हो । यो एक बिष्मृतिको संगालो हो जो आज पनि म सँगै छ । म यस्लाई एक सग्लो पाना बनाएर प्रस्तुत गर्न सक्दिन । लेख्दा खेरी यो लयमा नलेखिन पनि सक्छ । यो भन्दै गर्दा तपाईलाई म अल्लि बढी संकुचित, कुण्ठित र निराश लाग्न पनि सक्छ । तर यसलाई समुच्चतामा नबुझिदिनु होला । यो मसँगै बाचेका तमाम म मध्धेकोे एउटा म हो । सायद सबैभन्दा बिथोलिएको म । यो कथाको सुर

असफलताः मसिना कुरा भाग १०

  चिसो दिन छ । चिसो बिहानीमा चिसा नै शब्दहरु बोकर आएकी छु । पुसको महिना न्यानोपन केवल एक कल्पना वा दिवासपना हो । डिसेम्बरलाई बिदा दिइसकेका छौ । चिसो भएर पनि फूलहरु फूल्न छोडेका छैनन् । नदीहरु वगिरहेका छन् । चराहरु आफ्नै उडानमा छन् । जानेर र आउनेहरुको लर्को छोट्टिएको छैन । संसार एक तमासले चलिरहेको छ । संसारसँगै चल्दिन भन्नु सायद संसारको अस्तित्वलाई अस्विकार गर्नु हो । तर किन थाहा छैन चाहेर पनि स्विकार्न सकिरहेको छैन । पुस त्यसै पनि एक चिसो महिना हो यसलाई केही घटनाहरुले अझ चिसो बनाएको छ । पुसको मध्यान्नमा हामीले सुजन र बिरेन्द्र लाई बिनाकारण नबाँच भनिदियौ । बाच्नेहरुको लिस्टबाट उनीहरु एकाएक हराए । सायद मर्नेहरुको वा मारिनेहरुको अंकमा दुई अंकहरु थपिए । केही आक्रोशहरु सडकमा, अखवारमा अनि सोसल मिडियाका भित्ताहरु थपिएँ । तर समाजलाई लागेन उनीहरुको मृत्यु हामी सबै असफल हुनुको एक मानक थियो । मानिसको रुममा, समाजको रुपमा अनि देशको रुपमा । तर एक दुई दिनमै सबै सामान्य बन्यो सायद अर्को महिना उनीहरु बारे कसैले हामीलाई सोध्यो भने हामी बेखवर बनिदिनेछौ । उनीहरुलाई जानेहरुको लिस्टमा हामीले बिनाकारण थप

सोलोटार्भलर

निर्जला अधिकारी म लजको माथिल्लो तलाबाट पर सेताम्मै भएर निस्किएका बादलहरुलाई हेरीरहेछु । उनीहरुको उडानले मलाई लोभ्याउँदैछ । चाहेर पनि किन म उड्न सक्दिन । सपनामै सहि म उड्न चाहन्छु । मलाई उड्नेहरु देखेर सधै लोभ लाग्छ ।  किन बारम्बार आफैलाई भनिरहेछु आज तेरो जन्मदिन हो केटी तँ खुसी हुनुपर्छ । तर किन किन जन्मदिनमा पनि म दुखी छु । यो दुखी हुनुपर्ने दिन होइन । हुन त जन्मिनुमा मेरो कुनै योगदान छैन । जन्मेको मै खुसी हुनुपर्ने कुनै कारण पनि छैन । तर म आफूलै आफैलाई आजबाट चौँतिसको मान्न तयार छैन । मलाई हरेक जन्मदिन पश्चात आफ्नो उमेरमा थप्नुपर्ने अर्को थप अंकले सधै पिरोल्छ । हिजोसम्म तेत्तिसको म आज एकाएक कसरी चौत्तिसको हुनसक्छु । मलाई अंकहरुको यो खेल देखेर रिस उठ्छ । लजको  दिदी खाना खान बोलाउनुहुन्छ । म तल झर्छु । थालको एक छेउ राखीएको रायोको सागले मन खुसी हुन्छ । दिदीलाई थाहा छ मलाई रायोको साग मनपर्छ । आज जन्मदिन भएको कारण भन्दा पनि रायोको साग खान पाएको कारण म खुसी छु । दिदि भन्नुहुन्छ, “यो बर्खामासमा किन आयौ ? मलाई लागको थियो तिमी दशै पछि आउँछ्यौ” । “त्यसै दिदी” म भन्छु । म भन्न सक्दिन जन्मद