निर्जला अधिकारी यो परी कथा होइन । न यो कल्पनाको उडान हो । यो रमाइलो कथा पनि होइन । सायद यो कथाको परिभाषा भित्र नपर्ने अकथा हो । छोरीलाई परीझै ठान्ने समाजमा अपरीहरु पनि छन् भन्ने हामी सबैले बिर्सन्छौ । यो तिनै अपरीहरुको अकथा हो । यो दुखेसो पनि होइन । यो माग होइन । यो परिर्वनको लागि गरिएको अनुरोध पनि होइन । मलाई पनि प्रेम गर भनेर गरिएको सम्बोधन पनि होइन । यो धुमिल कथा हो । अघि भनेझै कथाको परिभाषा भित्र नपर्ने अकथा हो अकथाहरु लयबद्व बनेर आउँदैनन् । यो लयमा बगेको प्रेमको कथा होइन । यो त छुटेका ति मानिसहरको कथा हो जसलाई छुटाएको हामी पछुतो मान्दैनौ । यो नाजुकताको यात्रा हो । यो अपरीहरुको अध्यारो यात्रा हो । जहा उज्यालो खोज्न शब्दहरु केलाउन पर्नेछ । यो भावको यात्रा हो जसलाई बुझिँदिँदा मात्र हुन्छ । यदि तपाई रुन चाहनुहुन्छ भने पढ्दै गर्दा रुँदा हुन्छ । तर कदापी पढिसकेपछि सहानुभूतीका शब्दहरु नलेखी दिनु होला । यो पुनराबृत्ति हो । सायद मानिस दोहोरीन चाहन्छ । वा नचाहदा नचाहदै पनि दोहोरीन्छ । यो पनि दोहोरीरहने मेरो मनस्थितिजन्य कथा हो । आज भावनामा दोहोरीएकी छु । आफूजस्तै अरु कसैको कथा सुनेर भड
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।