यी कथाहरु जो म कोरेझै गर्छु त्यो तिम्रै बारेमा त थियो वा हो । कुनै बिन्दुझै । कुनै आकाशझै । कुनै शहरझै । वा भनौ कुनै गाउँझै । हुनु र नहुनुबिचको कुनै बिम्बझै हरेकपटक मैले केही कोर्छु मजस्तै वा तिमीजस्तै । आज के भयो थाहा छ, जब मैले मेरो आफ्नै आकृति कोरेँ त्यो तिमीजस्तो बन्यो । मलाई लाग्यो त्यो त तिमी नै हौ म होइन ।
आफ्नै प्रतिबिम्ब जस्तो जब म शब्दमा आफू कोर्न खोज्छु त्यो तिमीजस्तो बन्छ । यो दुखद् हो । थाहा छ, तिमीलाई भेटेर म आफूलाई गुमाउँन चाहन्न । कहिलेकाही त लाग्छ तिमीलाई भेट्नु दुर्भाग्य हो । तर फेरी कहिलेकाही लाग्छ, मैले आफैँलाई पनि त पहिलोपटक तिमीलाई भेटेपछि नै त भेटेकी हुँ । आमालेजस्तै नाङ्गो तनमा मनमा तिमीले नै त हो पहिलोपटक देखेको । जब तिमीलाई भेटेँ मैले लजाउँन छोडिदिएँ । तर पहिलोपटक तिमीलाई भेट्दा लजाउने पनि मै हुँ ।
कहिलेकाही केही भएझै लाग्छ । कहिलेकाही केही नभएझै लाग्छ । जब शब्दमा तिमीलाई कोर्न खोज्छु खै किन मेरो आफ्नै प्रतिबिम्ब बन्छ । तिमीले जब आफ्नो यात्रा गर्यो । तिमी अब तिम्रै बाटो हिड मलाई लाग्यो तिमीले हिडेको बाटो पनि त मेरै हो । कहिलेकाही लेख्छु मात्र । कहिलेकाही लेखेको पढ्छु मात्र । जब लेख्न थाल्छु म तिमीलाई सधैँझै सुन्दर नै भेट्छु ।
कहिलेकाही त लाग्छ नि कसैलाई भेटेर आफैँलाई भेट्नु सौभाग्य हो । मेरो पनि तिमी सायद र्साैभाग्य नै हौ । मिराले, राधाले सायद त्यसरीनै आफैँलाई भेटेका थिएँ । तिमी गयौ त्यो तिम्रो रोजाइ थियो । तर तिमी जानु सायद मेरो सौभाग्य बन्यो । तिमी गएपछि नै हो मैले आफैँलाई फर्केर हरेको हुँ । फूल, तारा र आकाशबारे सोचेको हुँ । तिम्रो र मेरो आकृति बनाएको र तिम्रो आकृतिमा आफैँलाई भेटेको पनि हुँ । सायद त्यो सौभाग्य नै थियो । तिमी नगएको भए सायद मैले आफैँलाई कहिल्यै फर्केर हेर्ने थिइन । बिम्ब प्रतिबिम्बमा शब्दहरु कोर्ने पनि थिइन ।
जाँदै गर्दा तिमीले बिदाइका हातहरु हल्लाएनौ । मलाई लाग्यो कुनै दिन फर्केर कुनै बतासझै आउँनेछौ । तर त्यस्तो भने । तिमीले नफर्केपछि नै त मैले तिम्रो प्रतिबिम्बहरु आफैँमा खोज्न थालेकी हुँ ।
No comments:
Post a Comment