Tuesday, February 12, 2019

कविता

शब्दहरुको सिमाभित्र
तिमी अटाएनौ
मैले पानाहरु खाली छोडिदिएँ
आज जीवनका पानाहरु पल्टाउँदैछु
देख्दैछु सफा सेता पानाहरु
सायद......
मैले लेखेको पहिलो कविता तिमीनै  थियौ । । 


No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...