Thursday, December 17, 2015

शब्दहरुलाई मुर्दावाद

समय कठपुतली बनेर
यदाकदा माग गर्छ धेरै कुरा
पत्याउँनै गार्हो छ र त बाचिरहेछु
बुढो इतिहास बोकेर

भन्नुपर्ने थियो मैले उसँग
नबोल्नु आवाज नहुनु होईन भनेर
आज आफ्नै भद्धा शब्दहरुले
मलाई रंङ्ग्याएर  गएको छ


उ शहरबनेर बोलिदिन्छ
शहरीया शब्दहरु
र पोतिदिन्छ सेतो कागजमा
कालो मसिले


म आफ्नै जीवनकी मालिक्नी हुँ
हाँस्छु बोल्छु
तर यसको मतलब
विनाकारण रंङ्ग्याउँने अधिकार होइन

भाषा आवाज हो
अधिनायकत्व होइन
भाषा जननी हो
कुनै बाद र लिङ्ग होइन


मुर्दावाद उसको शब्दलाई
मुर्दावाद उसको विचारलाई
माफ गर
आज आफ्नै शब्दहरुले
आफैंलाई रंङ्ग्याएकी  छु।

No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...