Thursday, June 4, 2015

तिम्ले नदेखेको 'क'

खोइ तिम्रा संसार जितेका अक्षरहरुले
मलाई कहिल्यै लेखेनन्
झुक्किएर पनि देखेनन्
म तिम्रो बर्णमालामा कहिल्यै अटाइन

त्यसैले समात्दै छु आफ्नै 'क'
सानो पातलो र खुँइलिएकै किन नहोस्
म लेख्नेछु मेरो 'क' ले
म जस्तै स-साना मान्छेहरु

ति स-साना फूलहरु
स-साना जीवनहरु
स-साना घरहरु
लिलिपुट नै किन नहुन्


 मेरो  यो सानो खिएको 'क' ले
मेरो यो दुर्लभ 'क' ले
यती मात्र लेख्न सक्छु
संघारमै हराएका जीवनहरु । 

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...