Skip to main content

कालो पाटिको भित्ताहरुमा

खुँइलिएको सर्ट
च्यातिएको जुत्ता
उकाली र ओराली
चक र डस्टर
त्यो तिम्रो जीवन हो
र सायद मेरो पनि

बिस बर्ष भैसकेछ
तिमीले खुइलिएको आदर्श सिकाउँन थालेको
कालो पाटिको भित्ताहरुमा
अनी स-साना नानिहरुको
स-साना मगजहरुमा


जुन दिन तिम्रो पेशा बलियो हुनेँछ
त्यो दिन तिमी कमजोर हुनेँछौ
अनि बिनाकारण
गलत्याइनेछ तिम्लाई
तिम्रो स्वप्न महलबाट
अयोग्यको ट्याग सँगै

त्यो दिन तिमी ढल्नेछौ
आफ्नै आदर्शबाट
र म पनि
किनकी तिम्रो अयोग्य ज्ञानले
मलाई योग्य बनाएको छ ।

Comments

Popular posts from this blog

दुरीहरु

कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् ।  यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु । यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ । हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् ।
Monkey enjoying with banana in a Swambhunath temple

म उसको छाँया हुँ उ मेरो प्रतिविम्व

पस्छु  अनि निस्कन्छु  निस्कन्छु अनि पस्छु  कहिले भित्र  कहिले बाहिर  अनगीन्ती सपनासँगै  छरप्रस्ट रहरसँगै  कहिले उसको गतिमा समय चल्छ  कहिले मेरो गतिमा  गान्धि भवन अगाडी बसेर  जब म उसको मुहार हेर्छु  कहिले उसको छाँया भित्र आफ्नो घर देख्छु  कहिले छिमेकीको आँगन  कहिले छिर्छु उसको सुन्दरतासंगै  अनि निस्कन्छु उसको कुरुपतासँगै  कहिले भिडमा पनि एक्लो पाउँछु  कहिले एकान्तमा पनि भिड  मेट्छु   कोर्छु  कोर्छु अनि मेट्छु  आफ्नो अनि उसको छाँया  म उसँगै बुढी हुदै छु  ऊ मलाई उछिनेर जवान  कहिले रुन्छु उसको कथासँगै  कहिले बहकिन्छु उसको कवितासँगै  म उसको छाँया हुँ  उ मेरो प्रतिविम्व  उ सेक्सपिएर सिद्ध्याएर  माया एन्जोलो पढाउँदैछ  म परिवार छोडेर  बुढो विश्वविधालय बुझ्दैछु  ऊ प्रेम सिकाउँदैछ  म बिद्रोह बुझ्दैछु  उ भाषाभित्रको हार्मोनी बुझाउँदैछ  म भाषाले दिएको बिछोड सम्झदैछु  तर पनि जबजब उ रुन्छ कताकता म पनि भक्कानिन्छु  किनकि उ रंग हो  म उही रंग पोतिएको क्यानभास।