Saturday, June 20, 2015

कालो पाटिको भित्ताहरुमा

खुँइलिएको सर्ट
च्यातिएको जुत्ता
उकाली र ओराली
चक र डस्टर
त्यो तिम्रो जीवन हो
र सायद मेरो पनि

बिस बर्ष भैसकेछ
तिमीले खुइलिएको आदर्श सिकाउँन थालेको
कालो पाटिको भित्ताहरुमा
अनी स-साना नानिहरुको
स-साना मगजहरुमा


जुन दिन तिम्रो पेशा बलियो हुनेँछ
त्यो दिन तिमी कमजोर हुनेँछौ
अनि बिनाकारण
गलत्याइनेछ तिम्लाई
तिम्रो स्वप्न महलबाट
अयोग्यको ट्याग सँगै

त्यो दिन तिमी ढल्नेछौ
आफ्नै आदर्शबाट
र म पनि
किनकी तिम्रो अयोग्य ज्ञानले
मलाई योग्य बनाएको छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...