Thursday, June 4, 2015

म र उ

उसको सिङ्गो उपस्थिति
मेरो सिङ्गो आयु थियो
उसको उचाइ देखेर
मैले आफ्नो पुड्काइ थाहा पाँए
उसको अग्लाईले मलाई बग्न सिँकायो
उ पग्लिएर बनेको गहिराइले
मलाई डुब्न सिकायो
उसको सेतो टल्काइले
मलाई चम्कन सिकायो
फरक यती हो
उ परको हिमाल हो
म वरको नदी ।  

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...