Skip to main content

म फेरी आमा हुन चाहन्छु

म फेरी आमा हुन चाहन्छु
यो संसारकी आमा
यो भुमण्डलकी आमा
र यो विश्वकी नै आमा
म देख्न सक्दिन
पिडा ढुख र चित्कारहरु
म सुन्न सक्दिन
अणुबम बाट निस्केका तिखा संगीतहरु
म आमा हुँ आमा
तिम्री हाम्री र ब्रह्माण्डकी नै आमा
म देख्न सक्दिन
आफ्नै सन्तान बाट निर्मित बिक्षिप्त संसार
म चाहन्न
मेरा सन्तानहरु हिटलर,मुसोलेनी र लादेनहरु बनुन्
म बुद्दत्व चाहन्छु
ताकी आफुले आफैलाई शान्ती दिन सकुँ
म बुद्धहरु जन्माउँन चाहन्छु
म क्राइस्टहरु हुर्काउन चाहन्छु
म भन्न चाहन्छु मेरा सन्तानलाई
कसरी बने मुहम्मद र राम भनेर
म सुनाउँन चाहन्छु मेरा भावी सन्तानहरुलाई
बब मार्ली, लतामङ्गेसकर र नारायण गोपालका स्वरहरु
म देखाउँन चाहन्छु
भ्यानगग, दाभिन्ची र पिकासोका पेन्टिङहरु
म बुझाउँन चाहन्छु
सुकरात ब्यास र ओशोका दर्शनहरु
म सिकाउँन चाहन्छु
कौटिल्य र मार्क्सका अर्थनीतिहरु
म मेरा भावी सन्तानहरुमा
बुद्धत्व देख्न चाहन्छु
नाकी आफैँ भित्र हराएको स्वविवेकता
त्यसैले
म फेरी आमा हुन चाहन्छु

Comments

Popular posts from this blog

दुरीहरु

कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् ।  यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु । यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ । हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् ।
Monkey enjoying with banana in a Swambhunath temple

म उसको छाँया हुँ उ मेरो प्रतिविम्व

पस्छु  अनि निस्कन्छु  निस्कन्छु अनि पस्छु  कहिले भित्र  कहिले बाहिर  अनगीन्ती सपनासँगै  छरप्रस्ट रहरसँगै  कहिले उसको गतिमा समय चल्छ  कहिले मेरो गतिमा  गान्धि भवन अगाडी बसेर  जब म उसको मुहार हेर्छु  कहिले उसको छाँया भित्र आफ्नो घर देख्छु  कहिले छिमेकीको आँगन  कहिले छिर्छु उसको सुन्दरतासंगै  अनि निस्कन्छु उसको कुरुपतासँगै  कहिले भिडमा पनि एक्लो पाउँछु  कहिले एकान्तमा पनि भिड  मेट्छु   कोर्छु  कोर्छु अनि मेट्छु  आफ्नो अनि उसको छाँया  म उसँगै बुढी हुदै छु  ऊ मलाई उछिनेर जवान  कहिले रुन्छु उसको कथासँगै  कहिले बहकिन्छु उसको कवितासँगै  म उसको छाँया हुँ  उ मेरो प्रतिविम्व  उ सेक्सपिएर सिद्ध्याएर  माया एन्जोलो पढाउँदैछ  म परिवार छोडेर  बुढो विश्वविधालय बुझ्दैछु  ऊ प्रेम सिकाउँदैछ  म बिद्रोह बुझ्दैछु  उ भाषाभित्रको हार्मोनी बुझाउँदैछ  म भाषाले दिएको बिछोड सम्झदैछु  तर पनि जबजब उ रुन्छ कताकता म पनि भक्कानिन्छु  किनकि उ रंग हो  म उही रंग पोतिएको क्यानभास।