Friday, July 31, 2015

अर्काइभको लागी


आमा! आज म कोर्दै छु
तिम्रो, मेरो वा हाम्रो चित्र
कतै धुमिल
कतै तिख्खर रंङहरु
र बाङ्गो अनुभवको कुचिले

तिम्रो टुटेको सपना
मेरो हराएको ज्ञान
उनको खोसिएको क्षितिज
भर्दैछु
एउटा सादा क्यानभाषमा

तिम्रो फरीयाको फेरले
पुछेको आशुलाई
यिनै हातहरुले रङ्ग्याउँदै छु
तिम्रो चुराको छनछनाहाटले
बिर्साएको दुखलाई
पोत्दैछु आफ्नै जीवनले

आमा! आज म लेख्दै छु
तिम्रो चुलोचौकोको कविता
हजुराआमाको पाठेघरको कथा
हो आमा !
आज म कैद गर्दैछु
तिम्रो, मेरो वा हाम्रो मौन इतिहास

नछेक मलाई
आज म खिच्दैछु
तिम्रो मेलापात, हजुर आमाको लाटोपहाड
दिदिको रित्तो क्षितिज
अनी मेरो आफ्नै इतिहास
ताकी तिम्रा नातीनातीनाले देखुन्
वंशमा नअटाएका उनका आमाहरुको
क्लोजअप फोटो
अर्काइभको लागी ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...