Saturday, June 18, 2016

हाडमासुको अक्षरबजारबाट

विचारको स्वाधिन परिधिभित्र रहेर
सफा सेतो कागजमा
लेख्ने, कोर्ने कैद गर्ने कुराहरु हुँदाहुँदै पनि
मौन रहन चाहेँ ।


 चेतनाको मौलिक शब्दकोसभित्र
सायद लेखिएको थियो
यो कागज, मसी र अक्षरको संसार होइन
यहाँ अक्षर कम
हाड, मासु र छाला बढी बुझिन्छ

यहाँ अक्षरहरु कम लेखिन्छ
जती लेखिन्छन्
कपाल नाक र आँखाहरु
लिपिस्टिक, गाजल र नेलपोलिसहरु ।

यहाँ अक्षरहरु मगजबाट जन्मदैनन्
जती जन्मन्छन्
स्तन, योनी र लिङ्गबाट
जती हुर्कन्छन्
हाड, मासु र छालाबाट ।

मौनताको सिङ्गो किताब साक्षी राखेर
किन किन आज
हाडमासुको अक्षरबजारबाट अर्को कालो झण्डा
आफैँबिरुद्ध देखाउँने रहर जागेको छ ।

No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...