कहिलेकाही चिसो बिहानी चिसो मानिसझै लाग्छ । आकाश तुवालोले ठाकेको छ । चराहरु तिनै तुवालोमा हराएका छन् । फूलका पातहरुमा शितका थोपा अड्किएका छन् । संसार चल्दैछ । करिब एक महिनाको बिदापछि काममा फर्कनु छ । अब फेरी यो गर, यो पढ भन्ने दिन सुरु हुँदैछन् । कहिलेकाही लाग्छ मैले उनीहरुलाई होइन मलाई उनीहरुले सिकाउँदैछन् । जीवन सिकाइको चक्रझै लाग्छ ।
दिनहरु असाद्घै चाडो जान्छन् । हिजो साना देखेका नानीहरु आज हलक्क बढेको देख्दा बुढो भएभmै महसुस हुन्छ । आफैँले आफैलाई हेर्दा उस्तै झै लाग्छ । सायद सबैलाई त्यस्तै लाग्दो हो । फरक त आफ्नो अनुहार अरु कसैको ऐनामा हेर्दामात्र लाग्ने रहेछ ।
फेरी अर्को बर्षले बिदा लिँदै छ । बर्षको अन्त्यमा किन केही नगरेझै महसुस हुन्छ । गर्नुपर्ने कामको चाङ छ तथापी आदी सकेको कामको थुप्रो बोकर जिवन चलाउँदैछु । सामान्य देखिने चिजहरु असामान्य बन्दैछन् । सफलता असफलता बिच बाचेझै गर्नुको नियतीले छोछ्न सकेको छैन । तथापि गुनासो छैन । गुनासो गरिराख्नु राम्रो पनि होइन ।
यी चिसा दिनहरुमा चिसा बिचारहरु आउँनु नौलो पनि होइन । किनकिन मलाई चिसो कठोर लाग्छ । चिसो दिनझै चिसा मान्छेहरु जीवनमा नआउँन भन्ने पनि लाग्छ ।
न्यानोपन चिसोपन सायद जीवनका अटुट पाइलाहरु हुन् । चाहेर नचाहेर यिनिहरुको उपस्थितिलाई नर्कान सकिँदैन । कहिलेकाही लाग्छ बाँचेझै गरेर अगाडी बढाएका यी पाइलाहरु कसरी रोकिनेछन् । रोकिएपछि जमिनमा डोब रहनेछ कि छैन । वा मेरा पाइलाहरुको उपस्थितीले म हुनु र नहुनुको यर्थाथलाई सम्बोधन गर्छ वा गर्दैन । आफैँलाई केन्द्रमा राख्दा आफ्नो उपस्थिती महसुस गर्नु सामान्य हो तर संसारको बृहतताको अगाडी आफू हुनुको नगन्यपनलाई पनि एदाकदा पिरोल्छ ।
No comments:
Post a Comment