Thursday, October 30, 2014

भो छोडिदेउँ जुलिएट बन्न


भो छोडिदेउँ जुलिएट बन्न

भौतिकताबादको दोसाधमा उभिएर
जुलिएट बन्न खोज्नेहरु
आफ्नो धरातल त हेँर
अझै कयौ मदनहरु लासामा हराइरहेछन्

त्यही मदनको प्रेमिका
तिमी कसरी जुलिएट बन्न सक्छ्यौ
बरु फालिदेउँ त्यो आडम्वर
र हेँर पहिलेकै त्यही मुना बनेर

तिम्रो मदन अझै मदननै छ
तिमी कसरी जुलिएट भयौ
फालिदेउ त्यो देखावटिपन्
र बनिदेउँ फेरी प्यारी मुना

बरु तिमी मदनलाई घर फर्काउन सक्थ्यौ
३३ प्रतिशतको उपायोग गर्न सक्थ्यौ
कृषी मार्फत  क्रान्ती गर्न  सक्थ्यौ
भो छोडिदेउ लगाउँन सुन्

वरु फलाउँ लसुन र अदुवा
पढाउँ प्रौढशिक्षा
भो छोडिदेउँ जुलिएट बन्न
जसले बनाउँदैछ तिम्रो मदनलाई कसैको दासी





No comments:

Post a Comment

तिमी खुसी त छौ नि भनन ?

एका बिहानै घाम लाग्यो । चराहरु उडानमा निस्के । फूलहरु मुस्कुराए । बाटामा मानिसहरुको पदचाप पर्न थाल्यो । बादलले आकाश छोड्यो । आकाश आफ्नै रं...