Monday, July 28, 2014

हिड्छु यो सहरमा

म  भन्न सक्दिन तिमीलाई
म दुखी छु भनेर
तिम्री छोरी बदनाम
भैसकी भंनेर

न पोख्न  सक्छु मेरो कथालाई
सबैले पढ्ने उपन्यास वनाएर
न लेख्न सक्छु आफ्नो ब्यथालाई
छन्दात्मक कविता वनाएर

हिड्छु यो सहरमा
बिना कुनै लक्ष्य , गन्तब्य
आफ्नै लहडमा आफ्नै गतिमा
मान्छेहरुको भिडमा एक्लै

न बताउन सक्छु यो समाजलाई
म कसरी बदनाम  भए भनेर
म कसरी लुटिय भनेर
मेरो कसरी चिरहरण भयो भनेर

त्यसैले बाच्दैछु  यो सहरमा
फालेको फोहोर जसरी
न कसैले देख्छ मलाई न कसैले सोध्छ मलाई
म कसरी लुटिय र बदनाम भए भंनेर


No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...