Monday, July 28, 2014

हिड्छु यो सहरमा

म  भन्न सक्दिन तिमीलाई
म दुखी छु भनेर
तिम्री छोरी बदनाम
भैसकी भंनेर

न पोख्न  सक्छु मेरो कथालाई
सबैले पढ्ने उपन्यास वनाएर
न लेख्न सक्छु आफ्नो ब्यथालाई
छन्दात्मक कविता वनाएर

हिड्छु यो सहरमा
बिना कुनै लक्ष्य , गन्तब्य
आफ्नै लहडमा आफ्नै गतिमा
मान्छेहरुको भिडमा एक्लै

न बताउन सक्छु यो समाजलाई
म कसरी बदनाम  भए भनेर
म कसरी लुटिय भनेर
मेरो कसरी चिरहरण भयो भनेर

त्यसैले बाच्दैछु  यो सहरमा
फालेको फोहोर जसरी
न कसैले देख्छ मलाई न कसैले सोध्छ मलाई
म कसरी लुटिय र बदनाम भए भंनेर


No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...