Saturday, December 13, 2014

 म सधै सोच्छु
म किन कमला बन्न सकिन
र पचाउँन सकिन
आफूँभित्र आइपरेका समस्याहरुलाई शान्त मूद्रामा

 ऊ त बुद्ध हो
अहिशा चाहन्छे
ऊ त गान्धी हो
राष्ट्रीयता चाहन्छे

 ऊ बनाउँन सक्छे अर्ध आकार
कृष्णलाई पूर्णकदको
ऊ जन्माउन सक्छे
आफूँजस्तै सानो शान्त कृष्णलाई

ऊ गुँलाफ हो
काँडाबिच पनि सजिलै फूलिदिन्छे
ऊ नदिकिनारा हो 
छालहरुलाई सजिलै सहिदिन्छे

ऊ सिन्थियालाई
दुश्मन ठान्दिन
 देख्दछे दुश्मनमा पनि 
शिवको जस्तै अदभूत सौन्दर्यता 

तर म किन बन्न सक्दिन कमला
सिता र गान्धारी जस्तै
र हेर्न संसारलाई
मात्र माया र प्रेमको नजरले

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...