Saturday, December 13, 2014

 म सधै सोच्छु
म किन कमला बन्न सकिन
र पचाउँन सकिन
आफूँभित्र आइपरेका समस्याहरुलाई शान्त मूद्रामा

 ऊ त बुद्ध हो
अहिशा चाहन्छे
ऊ त गान्धी हो
राष्ट्रीयता चाहन्छे

 ऊ बनाउँन सक्छे अर्ध आकार
कृष्णलाई पूर्णकदको
ऊ जन्माउन सक्छे
आफूँजस्तै सानो शान्त कृष्णलाई

ऊ गुँलाफ हो
काँडाबिच पनि सजिलै फूलिदिन्छे
ऊ नदिकिनारा हो 
छालहरुलाई सजिलै सहिदिन्छे

ऊ सिन्थियालाई
दुश्मन ठान्दिन
 देख्दछे दुश्मनमा पनि 
शिवको जस्तै अदभूत सौन्दर्यता 

तर म किन बन्न सक्दिन कमला
सिता र गान्धारी जस्तै
र हेर्न संसारलाई
मात्र माया र प्रेमको नजरले

No comments:

Post a Comment

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...