हामी डिजिटल क्यामराका फोटाहरु होइनौ
जहिले जहाँ पनि हेर्न सकिने
हामी त अदेख्य भएर पनि देख्य छौँ
हरेक कुर्चीमा, पोडीय़ममा, प्रमुख आतिथिको ब्याज
लगाउँने हाम्रै सन्तानहरु हुन्।
होला तिमीले देख्न सकेनौ होला हाम्लाई मूलधारमा
म पनि मान्छु त्यो
हामी त केबल मौफसल हौ
अझै पनि खोज्दै छौ केही अस्तिव, अधिकार
र थोरै स्वायतता।
हामी लडिरहेका छौँ कुर्ची नभए नि
त्यही समान अधिकारको लागि
के तिमी दिन सक्छौ मौन स्वीकृति
हामीलाई नदेखे दुर्बिनले हेर
हामी स्कुल, कलेज र घरहरुमा प्रसस्तै छौँ ।
आकलझुकल भए पनि कहिलेकाही
पत्रपत्रिकामा पनि छाउँछौँ
बोलायौ भने कवि गोष्टिमा पनि जान सक्छौँ
बोलाएर त हेर
हामी पनि तिमी जस्तै मिठा मिठा कविता भन्न सक्छौँ ।
थाहा छ यो तिम्रो साहानुभूति हो
अब सहानुभूतिले मात्र पुग्दैन सम्मान पनि दिने गर
सम्मान मात्र होइन कहिलेकाही
हाम्रा लागि बोल्ने पनि गर
त्यसपछि पाउनेछौ हामीलाई प्रध्यानध्यापक देखि प्रधानमन्त्रि सम्म।
No comments:
Post a Comment