Skip to main content

को कस्तो नारीवादी ?– एक अल्लारे नारीवादीको बकपत्र

 


  स्कुल पढ्दा नारीदिवस मनाइन्थ्यो । किन मनाइन्थ्यो थाहा थिएन । कसरी मनाइन्थ्यो त्यो आज पनि याद छ । सधै केटाहरुले कब्जा गर्ने माइक्रोफोन र पोडियम त्यो दिन केटीहरुको हातमा पुग्थ्यो । म भन्दा ठूला दिदीहरु माइकमा के के बोल्थे । कोही गीत गाउँथे । कोही जोक भन्थेँ । त्यहि दिन एक बर्ष घर नजिकैको  दिदीले मलाई पनि मञ्चमा बोलाउनुभयो । सायद त्यतिखेर म तिन कक्षामा पढ्थेँ ।  काम्दै गएर कामेकै स्वरमा एउटा कथा भनेर फर्के । त्यस दिन मैले भाइका जुत्ता लगाएर स्कुल गएको थिएँ जुन हिड्दा बज्ने गथ्र्यो । त्यो समय छोरीहरुलाई जुत्ता किनिदिने चलन कम थियो । मञ्चमा बोल्ने भएर ममिले मलाई त्यस दिन भाइको जुत्तामा पठाउनुभएको थियो । म माइकमा बोल्न पाएकोमा खुसी भएँ । तर त्यो खुसी धेरै समय टिकेन जुन दिदीले मलाई मञ्चमा बोल्न बोलाउँनुभएको थियो त्यही दिदीले बेलुका घर फर्केपछि भाईको जुत्तामा गएको भनेर जिस्काउनुभयो । त्यो दिन पश्चात म नारीदिबसमा दिन मञ्चमा कहिल्यै उक्लिन ।

नारीदिबस थाहा भएँ पनि नारीबाद भन्ने शब्द मैले धेरै पछि सुनेँ । त्यो पनि नेपालीमा होइन अंग्रेजीमा सुनेँ । आज पनि मलाई लाग्छ मैले बुझेको नारीवाद पश्चिमा भर्सनको नारीवाद फेमेनिजम हो । बिए पढ्नु अघि मैले नारीवाद भन्ने शब्द कहिल्यै सुनेको रहेनछु । अथवा सुनेर पनि ध्यान दिएको रहेनछु । बिए पहिलोबर्ष साइमन दि बुबाको “द अदर” भन्ने निबन्ध थियो साथमा क्रिटिकल थेरीमा “फेमेनिजम” भन्ने अर्को च्याप्टर पनि थियो । पहिलोपटक मैले पढ्नुपर्ने किताबहरु अति अचम्मका लागेँ । त्यो अघि मैले लैङ्गिक बिभेद र असमानता बारे कहिल्यै बुझेकै रहेनछु । हामीलाई अंग्रेजी पढाउँने शिक्षक आफूलाई कडा नारीबादीको रुपमा प्रस्तुत गर्नुहुन्थ्यो । उहाँ साच्चिकै नारीवादी हो वा होइन भन्ने कुरामा मलाई आज पनि संका लाग्छ । तर उहाँ आफूलाई कट्ठर नारीबादीको हुँ भन्नुहुन्थ्यो । उहाँकै लिएकै नामका आधारमा मैले त्यहि समय तसलिमा नसरीनका नेपालीमा अनुदित धेरै पुस्तकहरु पढेँ । त्यो समय नसरिनका पुस्तकहरु काठमाडौँमा सजिलै पाइन्थ्यो ।

अहिले मलाई सबैभन्दा पछुतो केही लाग्छ भने त्यो समय नसरीनका पुस्तकहरु पढेकोमा लाग्छ । मलाई कहिलेकाही लाग्छ उनका किताबहरुले  मेरा कोमल र चञ्चल किशोर बर्षहरु उराठ बनाइदिए । आज पनि म कसैलाई नसरीनका पुस्तकहरु पढ्ने सल्लाह दिन्न । नसरीनका पुस्तकहरुले मलाई एकाएक पुरुष बिरोधि बनायो । कहिलेकाही मलाई लाग्छ मैले प्रेम गनुपर्ने उमेरमा घृणा गर्न सिकेँ । धेरैका लागि नसरीनका पुस्तकहरु प्रेरणादायक होलान् तर मेरा लागि बनेनन् । अहिले फर्केर हेर्दा उनले बुझाएको नारीबादसँग मलाई असाद्घै समस्या छ । तर त्यसलाई समस्या हो भनेर निर्कोल गर्न पनि मलाई धेरै बर्षहरु लाग्यो । 

नसरीनका पुस्तकहरुको प्रभावले मलाई रमाइलो लाग्ने मैले धेरै कुराहरु गरिन् । प्रेम गर्न सिकिन । आफूभित्रको स्त्रित्वलाई मैले लामो समयसम्म लुकाएर राखेँ । आजकल आएर महसुस हुन्छ म भित्र ममता,  प्रेम जस्ता फेमिनाइन गुणहरु अथाहा रहेछन् । तर उनका पुस्तकहरुले मलाई कठोर र रिसाहा बन्न मात्र सिकाए । आफैलाई नचिन्ने बनाएकोमा उनको नारीबाद मलाई आजकल त्यति प्रेमील लाग्दैन ।

  तर लामो समयपछि मात्र मैले आफैजस्ता लाग्ने खुकुला नारीबादीहरु साक्ष्यात्कार भएँ । मलाई कसिला र शिद्घान्तको एकोहोरो पाठहरु मात्र पढाउँनेहरु अरसिक लाग्छ । आज मेरा लागि नारीबाद मेरो स्वतन्त्रता र अधिकारको मात्र बिषय होइन मसँगै बाचेका र हुर्केका मेरा पुरुष मित्रहरुको खुसी पनि हो । यदाकदा लाग्छ जति म महिला भएकै कारण संरचनाको कसिमा कसिएको छु त्यहि संरचनाको कसिमा उनीहरु पनि कसिएका छ । महिला पुरुष भन्दा कसियका त समलिङ्गिहरु छन् । मलाई लाग्छ अबको नारीवाद हामीसबैलाई मूक्ति दिनुपर्छ, स्वतन्त्रता दिनुपर्छ ।

    भखरै चियामाण्डा आदिच्येको  “हामी सबै नारीवादी  हुनुपर्छ“ र “नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाब पढी भ्याएको छु । मलाई उनी मनपर्छ । नारीवारी हुनु भनेको अरसिक हुनु, अप्रेमिल हुनु भन्ने कुरामा उनी बिश्वास गर्दिनन् । तर पनि मलाई लाग्छ म भित्रको नारीवाद सपाट नारीवाद होइन । म नारीवादी भएर पनि कयौ पटक म जस्तै आफ्नै नारीवादमा बिश्वास गर्ने मानिसलाई कर्के नजरले हेरेको छु । मलाई आज पनि भ्यानिटिमा बिश्वास गर्ने कयौ महिलासँग गुनासो छ । मलाई स्वतन्त्रता र सबलीकरणको नाममा गरिएको सौन्दर्य प्रतियोगितासँग पनि समस्या छ । मलाई हरेक चिजलाई लैङ्गिकताको नजरले हेर्नेसँग पनि समस्या छ । मलाई कहिलेकाही लाग्छ म समस्याग्रस्त नारीवादी हुँ। 

नारीवादको पनि आ–आफ्नै वर्ग र समूहहरु रहेछ । म ति कुनै बर्ग भित्र पनि नअट्ने रहेछु ।  नारीवादी भएर पनि रुपान्तरण हुन नसक्ने समयअनुसार परिस्कृत र तरल हुन नसक्ने अटल नारीबाद समस्याग्रस्त लाग्छ   । तर मानिसको रुपमा महिला पुरुष र यौनिक र लैङ्गिक अल्पसङ्ख्यकलाई एकै नजरले हेर्न नसक्ने समाजसँग पनि गुनासो छ । कहिलेकाही म आफैँलाई सोध्छु म कस्तो नारीबादी । उत्तरमा भन्न मन लाग्छ एक बतासे अल्लारे नारीबादी ।

Comments

Popular posts from this blog

नग्नता

  निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ ।  उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु । भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ । मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीर

मसिना कुरा –भाग ७

  दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् । यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो । कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्

अन्त्य

 अन्त्य निर्जला अधिकारी यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ । सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् । अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ । मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छै