Monday, May 8, 2023

जानेहरुको नाउँमा

 

निर्जला अधिकारी

प्रिय जानेहरु, 

सहर बजनी रंगको फूलले रंगिएको छ । निराश त होइन तर भित्रभित्र खाली छु । मलाई किनकिन लाग्छ यी फूलहरुले जीवनको निशारतालाई बोल्दछन् । रित्तोपनमा बाच्नु सजिलो छैन तथापी यसको अनुभूतीले जीवनप्रतिको बोधलाई अल्लि फराकिलो बनाउँछ ।

जानेहरुसँग गुनासो गर्नुपर्ने कुनै कारण छैन । तथापि मन त हो कहिलेकाही लाग्छ उनीहरुको उपस्थिति र बर्हिगमनले जीवनमा फेरी अर्को खालीपन थपेर गयो । कयौ रित्तोपनको खाडल बोकेर कहिलेकाही लाग्छ कसरी सग्लो महसुस गरुँ । अपूर्णता र अप्राप्तिको अनुभूतीलाई सुन्दर बनाउँन कदापी सकिन्न । हुर्कदै गर्दा यस्तो लाग्थ्यो कुनै दिन कोही आउँनेछ त्यस्तो जसले जान्छु भनेर पनि फर्कनेछ । सायद त्यो दिवासपना थियो । जान्छु भनेर फर्कनेको सट्टा जाँदिन भनेर नर्फकनेहरु भेटिए । सायद यो  जीउनुको नियती हो । तर नियती मात्र ठानेर म आफूलाई बुझाउँन सक्दिन । कहिलेकाही लाग्छ जानेहरुलाई बिर्सिदिउँ तर बिर्सिनुको प्रक्रिया छोटो कदापि हुँदैन ।

कहिलेकाही लाग्छ जाँदै गर्दा पनि मानिसले जाँनुको कारण खुलाउँन । मलाई मौनताले पिरोल्छ । तर सायद यो अन्त्यको नियम हो, जानेहरु केही नबोलिकन नै दुरीहरु बढाउँछन् । दुरीहरुले नबोलेको आवाजलाई बोलिदिन्छ । सायद यो यात्रा हो । सायद जानेहरु सबै बाटामा भेटिएका सहयात्रिहरु हुन् । भेट्दा अनौठो उत्साह बोकेर आउँनेहरु जाँदा अनौठो मौनता र सान्नाटा बोकेर जान्छन् । कहिलेकाही लाग्छ बोरु आउँदा सान्नाटा दिएर आउँन जाँदा उत्साह दिएर जाउँन । तर थाहा छ त्यो सम्भव छैन । सायद जीवनका दुरीहरु चिसा पदचापहरु हुन् । फर्केर हेर्दा त्यसले बिजाउँछ मात्र ।

कहिलेकाही जानेहरुलाई फर्केर हेर्दा यस्तो लाग्छ उनीहरुमा समानता थियो । तर बसुन्जेल सबै फरक फरक लाग्ने रैछ । कहिलेकाही लाग्छ मान्छेको स्मिृति छोटो हुन्छ । बिष्मृतिहरु लामो समयसम्म रहदैनन् । र पनि टुक्रिनुको पिडा टुक्रनेलाई मात्र थाहा हुन्छ । आज पनि अन्तिम टुक्राइ पहिलोझै लाग्छ । जानेहरलाई माफी त दिन सकिएला तर छुट्टिनुको तिक्ततालाई मेट्न नसकिने रहेछ । 

कहिलेकाही एक्लोपनले अनौठो उत्साह थपिदिन्छ तर सधै होइन । आज त्यस्तै एक दिन हो । जानेहरुलाई सम्झदैछु । उनीहरु गएकोमा पछुतो त छैन तर जसरी गए त्यसलाई सुन्दर मानेर म टुङ्ग्याउँन सक्दिन । कहिलेकाही लाग्छ उनीहरु आधा हृदय बोकेर आए मैले पुरा खर्चिए । सायद त्यो मेरा आफ्नो समस्या थियो । तथापि आज पनि लाग्छ आधा हृदय बोकेर कोही पनि नआउँन जीवनमा । 

यो जानेहरुको नाउँमा लेखिएको पत्र मात्र होइन अब आउँनेहरुले बुझ्नुपर्ने यर्थाथ पनि हो । तित्तताको र सान्नटाको अनुभूती पटकपटक कोही पनि गर्न चाँहदैन । पटक पटक हरेकले दिने रिक्तताको हिस्सा बोकेर बाँचेझै गर्न सक्दिन ।  केही नभएझै गरेपनि सम्बन्धलाई कुरुपताले ब्याख्या नगरेपनि टुट्न सजिलो छैन । टुटेपछि फेरी सग्लो भएझै देखाउँन झन सजिलो छैन ।...............................................................................................

................................................................................................

No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...