Thursday, September 19, 2013

Kasari bulna sakchau


कसरी भुल्न सक्छौ 
निर्जला अधिकारी

कसरी भुल्न सक्छौ त्यो तिम्रो धर्ती
तिम्रा पुर्खाले हिडेको त्यो बाटो
तिम्री आमाले खनेको त्यो खेत
तिम्रो बाबुले जोतेको त्यो बारी

अनि तिमीले खेल्ने गरेको त्यो चऊर
तिमीले कखरा सिकेको त्यो स्कुल
कसरी भुल्न सक्छौ  तिमीले
त्यो तिम्रो बाबुबाजेले अर्ज]को मूलुक

कसरी रमाउन सक्छौ त्यो विरानो ठाऊमा
तिम्री आमा प्रत्येक दशैँमा मूलबाटो हेर्छिन्
तिम्रा बाबुको हरेक  वचनमा तिम्रो नाम झुण्डीन्छ
तिम्री वहिनीको हरेक तिहार आसुले डुब्छ

ए प्रदेशी कसरी बस्न सक्छौ त्यो गाईखाने देशमा
के तिमीले दखेका छौ निस्पट्ट सेता हिमाल
सजायको फूलबारी जस्तो हरियो पहाड
बगीरहेको नदीले निकालेको त्यो मीठो संगीत

के तिम्रा छोरानातीले भन्न  सक्नेछन्
सगरमाथा  मेरो देशमा पर्छ
गौतम बुद्धको जन्मभूमि र मेरो जन्मभूमि एउटै हो
र वीर गोर्खाली मेरा पुर्खा हुन्। 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...