Friday, February 7, 2014

Afno dharti

आफ्नो  धर्ति 

निर्जला अधिकारी

त्यो माथीको पहाडको टुप्पोबाट 
जब आफ्नो धर्ती नीहाल्छु 
चिन्न चाहन्छु त्यो सानो झुपडी 
बुझ्न चाहन्छु आफ्नै पहीचान 

ऒहो मेरो झुपडीलाई त त्यो महललॆ छेकेछ 
मेरो घरबारी छीमेकीले मीचेछ 
मेरो दाजुभाइको बाटो छकेछ 
बस्नै मन छ भने मेरो महलमा आऊ भनेछ 

कसरी भन्न सकेछ त्यस्तो 
त्यो झुपडी मेरो आस्था हो 
मेरो बीस्वासको प्रतिबिम्ब हो 
मेरो  मुटुको धड्कन हो 

 सानै किन नहोस्  लागि बिश्वो ब्रम्हाण्ड त्यै  हो 
झुप्रो किन नहोस् मेरो स्वप्न महल त्यै  हो 
मेरो पुर्खाको पसिनाको चिनारी हो 
मेरा सन्ततिको लागि गरिखाने खेतबारी हो 

मेरा बाबुबाजेले दिएको उपहार समाल्नु छ 
मेरा सन्ततिको लागि संसार बनाउनु छ 
अनि मेरा सन्ततिले त्यही झुपडीमा बसेर बुझ्नेछन् 
जननी जन्मभुमिश्च स्वर्गादपी गरीयसी को मर्मलाई 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...