Thursday, September 12, 2013

KHOI SHANTI



खोइ शान्ति 

निर्जला अधिकरी 

सबै शान्ति आयो भन्छन \
देशमा लोकतन्त्र आयो भन्छन \
समाबेसीको नारा छायो भन्छन\ 
 सघीयताले जरा गाड्यो भन्छन \

खोइ मेरो हरायको छोरो अजै आएको छैन 
सिन्दुर पुछिएको मेरी छोरीको आशु ओभाएको छैन 
युद्धमा मारीएको मेरो छोराको लास आएको छैन 
अरबमा गएको मेरो नातिले काम पाएको छैन 

म सधै रोईरहन्छु 
मरेको छोरालाई सम्झीरहन्छु 
खै के आउनु लोकतन्त्र 
खै कसरी हुनु समाबेसी 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...