Monday, September 16, 2013

Kasari Haru

कसरी हेरु 
निर्जला अधिकारी 

कसरी हेरु आफूले आफैलाई कीचेको 
आफ्नो रुपले आफैलाई बीजेकों 
सपनालाई विपनाले  थीचेको 
मृत्यूले जीवनलाई जीतेको 

ऎनामा हेर्दा त आफूलाई  सुन्दर देख्थे 
के थाहा त्यो त भ्रम रहेछ 
आमाले सधै मलाई मेरी राजकुमारी भन्थिन् 
के  थाहा त्यो त साहानुभूती रहेछ 

सुन्दरीहरुको भीडमा अमिल्दो ठहरीए 
आफ्नाहरुको माझमा पराई कहलीय
साथीहरुको माजमा आप्रिय मानीय 
सबैका आगाडी जोक्कर बनीय 

अब उठनु छ मलाई 
सुन्दरता  भन्दा धेरै टाढा 
कुरुपता भन्दा धेरै ऊचो 
र आफ्नै बास्ताबीकता भन्दा धरै माथी 


No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...