Saturday, October 28, 2023

आदिच्येको नारीवादी घोषणापत्र लागि पन्ध्र सुझाव

 

दशैको आज फूलपातीको दिन रातको करिव एघार बजेको छ  किबोड अगाडी बसेको छु साथमा भर्खरै पढिभ्याएका दुई पुस्तकहरु छन् । चिमामाण्डा अदिच्येका–  हामी सबै नारीवारी हुनुपर्छ र डियर इजियावेले अर्थात नारीवारी घोषणपत्रका लागि पन्ध्र सुझाव । पुस्तकको अनुवाद भृकृटी राईको रहेको छ ।  यो दशैको समयमा नारीवादी घोषणापत्र पढ्न समय पाउँनु र त्यसबारे लेख्ने समय हुनुलाई म एक पोलिटिकल न्यारेटिभ मान्छु । मेरै उमेरका कयौ महिलाहरुको लागि चाहेर पनि दशैको समयमा नारीवारी घोषणापत्र छिचोल्नु एक बैकल्पीक स्वैरकाल्पनीक उपकथा हो । मेरा लागि सम्भव छ किनकि म उनीहरुझै परिवार बिहेबारी जन्जालमा पसिसकेकी छैन । नचाहेरै पनि कसैको लागि रमाइदिने वा रमाउने वातावरण  बनाइदिने जिम्मेवारीको मसँग अझै आइसकेको छैन । आएको दिन म कसरी आफैलाई लग्नेछु म आज भन्न सक्दिन । 

उनी लेख्छिन् हामी सबै नारीवादी हुनुपर्छ ।  समाजलाई आज पनि लाग्छ नारीवादी हुनु भनेको समाजको बहुसङ्ख्यक खुसीहरुबाट टाढा रहनु हो । समाजले खाजेझै सग्लो मान्छे नहुनु हो । दुखी हुनु हो । केही वर्ष यता दशैमा म मेरा साथीहरु भेट्दिन । तीस कटेका छोरीहरुले दशैमा आफ्ना साथीहरु टिकाको दिन अघि भेट्नु असम्भव छ , किनकी हाम्रो समाजलाई लाग्छ छोरीहरु एक्लै बाच्नु दुखी हुनु हो । अब टिकाको दिन अर्को बर्ष तिम्रो गोडाको पानी खान पाउँ भन्ने आर्शीबाद बर्षनेछन् ।  सबै भएर पनि नभएझै बाआमाले लाग्नेछ । यो शुस्म लाग्ने समाजको गहिरो भाष्य हो ।

नारीवादी घोषणापत्रको लागि पन्ध्र सुझावमा उनी सानी छारीलाई हुर्काउँदै गरेकी आफ्नी साथीलाई कसरी छोरीलाई नारीवादी बनाउने भनेर सुझाव दिन्छिन् । यी सुझावहरुले हामी सबैलाई नारीवाद बारे केही न केही अवस्य बुझाउँनेछन् ।आदिच्ये पहिलो सुझावमा लेख्छिन् – पूर्ण ब्यक्ति बन मातृत्वले आफूलाई परिभाषित नगर । आज पनि हाम्रो समाज सन्तान नहुने महिलाहरुलाई कम मानिसझै ब्यबहार गर्छ । मेरी आफ्नै फूपु– सन्तान नभएका कारण कयौ पटक विचरी शब्दले परिभाषित हुनु भयो । आज पनि समाजका लागि सन्तान बिनाका महिलाहरु कि विचरा हुन् कि अलक्षिन हुन् । आमाहरुले महान् ठान्ने हाम्रो समाजले मातृत्वको बोझबाट महिलाहरुलाई मूक्त बनाउन अझै सकेको छैन ।

यो समयमा उनको घोषणापत्रबारे सोच्दै छु । थाहा छैन अब केही बर्ष भित्र म आमा भैन वा आमा बन्न सकिन वा समाजले सोचेजसरी मातृत्वलाई लिन सकिन भने म पूर्ण ब्यक्ति झै महसुस गर्नेछु वा छैन ।

  दोस्रो सुझावमा आदिच्ये लेख्छिन्– केटाकेटी हुर्काउने काममा बाआमा दुवै सहभागी हौ । उनी भन्छिन्– हुर्काउने काम महिलाको एक्लो काम होइन । यो कुरामा समाज अल्लि अघि बढेझै लाग्छ । सायद केही बर्षमा यो सुझाव दिनु पर्दैन कि भन्ने कल्पना म आज गर्न सक्छु । 

  तेस्रो सुझावमा उनी भन्छिन् – केटा वा केटी भएकै कारण तिमी यस्तो गर्नुपर्छ भनेर नसिकाउ । आज पनि समस्या यसैमा छ । छोरा भएर रुनुहुदैन, छोरीभएर हाँस्नुहुँदैन भन्ने समाजमा छोरा र छोरी हुनुको यर्थाथ नै पहिलो र प्राथमिक थर्थाथ अझै बन्छ । हामी आफ्नो लैङ्गिता पछि मात्र मानिस हुनुको थर्थाथ बुझ्छौ ।

उनी चौथो घोषणपत्रमा भन्छिन्– नारीवारी हुनु भनेको समानताबादी हुनु हो । कि मान्छे नारीवादी हुन्छ कि हुदैन त्यो बिच तथापी र अनि रहदैन । आज पनि नारीवादी हुनु भनेको महिलाबारे बोल्नु भन्ने बुझिन्छ । खासमा नारीवारी हुनुलाई उनी समानतावादी हुनु ठान्छीन् । सायद यो सुझावले हाम िसबैलाई नारीवादको पहिलो सर्तबारे मज्जाले बुझाउँछ ।

पाँचौ सुझावमा उनी पढ्ने बानी बसाल्ने सल्लाह दिन्छिन् । परम्परा भन्दा पर सोच्नको लागि पढ्ने बानी असाध्दै आवस्यक पर्ने उनी ठान्छिन् ।  छैटो सुझावमा उनी भन्छिन् – भाषमाथी प्रतिप्रश्न गर्न सिकाउ । पूर्वाग्रह सबैभन्दा पहिले भाषामा भेटिन्छ । त्यसैले भाषामाथी प्रश्न गर्नु भनेको समग्र संरचनालाई नै प्रश्न गर्नु हो । त्यसैले नानीहरुलाई सानैदेखि प्रतिपश्न गर्न सिकाउन आवस्यक उनी ठान्छिन् ।

सातौ सुझावमा बिहेलाई उपल्बिधको रुपमा नठान्न आग्रह गर्छिन् । आज पनि समाजले बिहेलाई असाद्घै ठूलो उपलब्धिको रुपमा ठान्छ । उनी लेख्छिन् – छोरीहरुलाई बिहेको आकाक्षा राख्न नसिकाउ । आठौ सुझावमा उनी लेख्छिन्–छोरी हुदैमा फरासिलो हुनुपर्ने आवस्यकता छैन  त्यसैले छोरीहरुलाई पूर्ण मानिस हुन मात्र सिकाउ ।  नबौ सुझावमा उनी आफ्नो पहिचानबारे जागरुक हुन आग्रह गर्छिन ्।  आफू र आफ्नो इतिहासबारे नबुझिकन सायद हामी कसैले पनि आफैलाई बुझ्न सक्दैनौ ।  त्यसैले आफ्नो पहिचानबारे बुझ्ने मात्र नारीवदी हुनसक्ने उनी ठान्छिन् ।

दसौ घोषणपत्रमा उनी भन्छिन्– हुर्कदै गर्दा छोरीहरुसँग उनीहरुको रुपबारे कुरा गर्दा बिचार पुर्याउ । उनी लेख्छिन्– “उनीहरुलाई थाहा हुनुपर्छ कि मूलधारको समाजले कस्तो चिजलाई सुन्दरता मान्छ” । एघारौ सुझावको रुपमा उनले बायोलोजीलाई लज्जाको बिषय नठानीकन आफ्नो शरीरबारे बुझ्न आग्रह गरेकी छन् । आज पनि केटाकेटीहरु आकाशबाट झर्छन् भनेर सिकाउँने समाजको लागि यो राम्रो पाठ हुनसक्छ ।

  बाह्रौ सुझावमा उनी लेख्छिन् छोरीसँग यौनबारे कुरा गर्न ठिला नगर । यौनिकतालाई आज पनि हाम्रो समाज लज्जाको बिषय ठान्छ । छोरीको यौनिकतालाई त आज पनि समाज र परिवार इज्जत र प्रतिष्ठाको मानक ठान्छ । त्यसैले नानीहरुलाई यसबारे बुझाउनु आवस्यक छ । आज पनि समाज महिललाले यौन बारे कुरा गर्नु भनेको प्रजनन बारे कुरा गर्नु भन्ने ठान्छ । तर यौन र प्रजनन एकै होइन भनेर बुझाउँन उनी आग्रह गर्छिन् ।

  तेह्रौँ सुझावमा उनी छोरीहरुलाई उनी माया पिरतीबारे बुझाउँन  आबश्यक छ भन्छिन् । प्रेमलाई स्वभाविक प्रक्रियाको रुपमा बुझ्न आवस्यक उनी ठान्छिन् । समाज अझै प्रेम बारे चर्चा गर्न लजाउँछ । अझै समाजमा प्रेम वर्जित छ बिशेष त्यो प्रेम जुनलाई हामी रोमान्स बनेर एक कित्तामा राख्छौ । तर त्यो प्रेम बेगर समाज अपुरो छ ।  त्यो सामान्य प्रक्रियालाई नबुझी नारीवादलाई बुझ्न कठिन छ ।

 चौधौँ सुझावमा उनले उत्पिडितहरु सन्तझै हुन्छन् भनेर नबुझाउँ भनेकी छन् । सम्मान पाउँन सन्त हुन आवस्यक छैन भन्ने उनको मान्यता छ । अन्तिम सुझावमा उनले भिन्नता र फरकपनलाई सामान्य रुपमा लिन आग्रह गरेकी छन् ।

यसरी उनले दिएका पन्ध्र सुझावलाई भृकुटी राइले गरेको अनुवादले अझ चाखलाग्दो बनाएको छ । अनुवादको स्तर हेर्दा भृकुटीको मेहेनतलाई नजर अन्दाज गर्न सकिन्न । आशा छ यो पुस्तकको नेपालीकरणले हामी धेरैलाई नारीवादलाई बुझ्न र बुझाउँन असाध्दै सजिलो बनाउँनेछ । अझै पनि हामीलाई लाग्छ नारीवाद एक आयातित अवधारणा हो । तर राईले गरेको नेपालीकरण सुन्दर छ । यसले हामीलाई नारीवादलाई मौलिक ढङ्गले बुझ्न अवस्य सहयोग गर्नेछ । बिशेषत ति आमाहरुलाई पढ्न आग्रह गर्न चाहन्छु जो स–साना नानीहरु हुर्काउँदै छन् ।


No comments:

Post a Comment

अकथा

दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डाय...