२३ को अन्त्यमा छौँ । यदाकदा लाग्छ बर्ष ले चाडै बिदा लिन्छ तर डिसेम्बरले सधै साथ दिन्छ । सायद यो फर्केर हेर्ने समय हो । आज बर्षभरी पढेका केही पनपरेका पुस्तकहरुलाई फर्केर हेर्दै छु । पढ्ने र लेख्ने इच्छा सधै भैराख्दा पनि मलाई लाग्छ यो बर्षले मलाई धेरैनै साथ दियो । चाहँदा नचाहँदै वा चाहँदा चाहँदै यो बर्ष केही त्यस्ता पुस्तकहरुसँग साक्षात्कार भए जसले बर्षौ सम्म मलाई सम्झीराख्नको लागि केही चिजहरु छोडेर गएँ । आज यो बर्ष पढेका त्यस्ता केही पुस्तकहरुबारे बोल्दै छु ।
१. पहिलो पुस्तक रहेको छ निरञ्जन कुँवरको Between Queens and the Cities - थाहा छैन यो अघि नेपालमा कुनै अरु कोही जो LGBTIQ समुदायलाई प्रतिनिधित्व गर्नुहुन्छ उहाँको memoir प्रकाशित भएको थियो वा थिएन । तर कुँवरको यो पुस्तकले नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक भएर बाच्नु के हो भनेर मज्जाले बुझाउँछ । कहिलेकाही आफ्नै जीवन अति कठिन लागेको समयमा यस्तो पुस्तक पढिन्छ जसले दुख र पिडाको साक्षी आफू मात्र होइन रहेछु भन्ने महसुस गराउँछ । मैले यो पुस्तक त्यस्तै समयमा पढेकी थिएँ । पढेपछि लाग्यो म भन्दा धेरै पिडामा अरु धेरै रहेछन् । निरञ्जन कुँवरको भाषा र शिल्पले अझै यो पुस्तकलाई फराकिलो क्यानभाषमा लग्नेछ भन्ने मलाई लाग्छ ।
२. अर्को पुस्तक रहेको छ Han Kang को Vegetarian – यो मैले पढेको पहिलो साउथ कोरीयन उपन्यास हो । दुखद्, अध्यारो तर महिलाको यौनिकताबारे लेखिएको यति सुन्दर पुस्तक मैले यस अघि पढेकी थिइन । एकोहोरो कथा भन्ने शैलीबाट मात्र परिचित हामी नेपाली पाठकको लागि यसका मल्टिपल न्यारेटहरु अनौठा लाग्छन् । तिन भागमा बाडीएको कथानकले पाठकको रुपमा अर्कै अनुभूती दिन्छ । सायद मसँग कथाकी प्रमुख पात्रको लागि सधै एक न्यानोपन रहिरहनेछ । सायद मैले उ भित्र कहि कतै आफैँ पो भेटेँ की?
३. अर्को पुस्तक रहेको छ अपराजिता पारिजातका चिठीहरु– सबैभन्दा लामा र कठिन लेखनहरु मैले परिजातको लागि लेखेकी छु । तर हरेक चोटी पारिजातलाई पढ्दा म अर्की पारिजात भेट्छु । पारिजातले शुकन्याका लागि लेखेका यी चिठिहरु पढ्दा त्यस्तै अनुभूती भयो । आज पनि लाग्छ संसारमा सबैभन्दा करिव लेखकहरु नै छन् ।
४. चौथो पुस्तक रहेको छSmriti Ravindra sf] The Woman who Climbed Trees मलाई यो पुस्तकको नाम र कभर मात्र होइन पढिसकेपछि पुस्तक पनि त्यतिनै मापर्यो । कहिलेकाही गर्हौ कुरा भन्नको लागि स–साना कथानकहरु काफी हुन्छन् । यो त्यस्तै पुस्तक हो । नेपाल भारत सम्बन्ध बारे धेरै गफ, छलफल र सेमिनारहरु भएका छन् तर झिनो ठानेर छोडिने महिलाको यो ब्यक्तिगत कथाले भूगोलको ठूलो कथानकलाई बिना पूर्वाग्रह बोल्छ ।
५. नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव, हामी सबै नारीवादी हुनुपर्छ– यी पुस्तकहरु भृकृटी राईले अंग्रजीवाट नेपालीमा गरेका यी मिठा अनुवादहरु हुन् । यी पुस्तकहरु पढिसकेपछि, यति मिठो अनुवाद गर्ने भृकृटीको अनुवादकलाको ठूलो प्रशम्सक पनि भएँ । चिमामाण्डा आदिचेका यी पुस्तकहरुले लैंगिकता र नारीवाद बारे धेरै कुरा हामीलाई बुझाउँन मद्घत गर्छ । साँच्चै भन्दा यी पुस्तकहरुलाई हाम्रा स्कुलले शिक्षाको पाठ्यकम्रमा समावेस गर्दा अझ प्रभावकारी बन्नेछ ।
६. खबुज– खबुज बारे धेरै सुनेर पनि यसलाई धेरै समयपछि पढेकोमा मलाई पछुतो लाग्यो । पढिरहँदा आफ्नै वरीपरीका दाजुभाई, साथीभाई जो अहिलेपनि अरबमा श्रम बेचिरहेछन् सबैलाई एकपटक सम्झेँ । बेन्यामिनको यो सुन्दर पुस्तकको सुन्दरनै अनुवाद दिनेश काफ्लेको रहेको छ ।
७.Memories of My Melancholy Whores by Gabriel Garcia Marquez- मार्खेजलाई पढ्न पाउँनु आफैँमा सौभाग्य रहेछ भन्ने कुरा यो पुस्तक पढिसकेपछि महशुस भयो । छोटा कथाहरु पढेपनि मैले मार्खेजका लामा आख्यानहरु यसअघि पढेकी थिइन । मार्खेज यो पुस्तकले जीवनका अनौठा किस्साहरुलाई बुझ्न सधै सहयोग गर्नेछ भन्न्ो मलाई लाग्छ ।
८. शून्यको मूल्य– नवराज केसीको यो पुस्तकले सायद यो बर्ष नेपाली साहित्यमा सम्झन लायक अर्को पुस्तक दियो भन्ने लाग्छ । सायद हजारौले देख्न नसकेको स–साना झिना मानिने जीवनका मूल्यहरु एक लेखकले मात्र देख्न सक्छ । नवराज केसीलाई पढ्दा त्यस्नै अनुभूती हुन्छ ।
९. Days at the Morisaki Bookshop by Satoshi Yagisawa- मुराकामी बाहेक अरु जापानी लेखक सँग यसअघी साक्षयात्कार नभएको मेरो लागि साटोसीको यो पुस्तक चेरी अन द टप थियो । मलाई लाग्छ पुस्तकको संसारलाई रोज्ने सबैलाई यो पुस्तक मनपर्छ । कथानक लामो छैन पात्रहरु सामान्य मानिसझै लाग्छन् । तर सामान्य मानिसहरु किताबको संगतका कारण अरु भन्दा भिन्न र फराकिला लाग्छन् । सायद थोरै शब्दमा धेरै भन्न हामी सबैले जापानी लेखकबाट सिक्नुपर्छ ।
१०. Heaven by Mieko Kawakami- यो दुखद तर असाद्घै सुन्दर उपन्यास हो । उपन्यासका पात्रहरु दुखी छन् तर दुखले सिकाउँने अनौठा पाठहरु सिकाउँछन् । यो यति सुन्दर छ कि म यसलाई ब्याख्या गरीराख्न सक्दिन । डिएर कोजीमा, तिमी अहिले जो छौ सायद म त्यही थिएँ । आजकल तिमीझै म पनि बुझ्दै छु अरुझै नहुनु धेरै कुरा हुनु रहेछ ।
No comments:
Post a Comment