Monday, August 26, 2013

udhnu cha malai

उठनु छ  मलाई 

निर्जला अधिकारी

गाउलेले कुरा काटेपछि
चोखो मन पनि धामिलीने रहेछ
पाकेको गुलेलो सुन्तला पनि
रस पसेको अमिलो कागती हुदो रहेछ।

हिजो मेरी आमालाई बौसीको आरोप लागाय
मरिसकेको बाउलाई हत्यारा हो भने
मुग्लान पसेको दाईलाई
कहिल्यै आऊन नसक्ने बनाए

पापी पेटलाई भर्न
म पनि मजदुरी गर्दै छु
आफ्नो घर चलाउन
मन नै नालागे पनि दुई चार जनासग हास्दैछु

कर बलले हासेको पनि
देख् नै नसकी कुरा काट्न थाल्दा रहेछन
मीठो नमीठो खादा पनि
 डाहाले मर्दा रहेछन

अब मलाई यस्तो अन्याय सहीय छैन
उठनु छ मलाई गरीबीभन्दा माथी
अन्यायको पर्खालभन्दा धेरै टाढा
पर देखीयको जूनको उज्यालो जस्तै 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...