Tuesday, August 4, 2020

कहानी

जबजब कुनै कथा लेखी सिध्याउँछु
यस्तो लाग्छ मैले कसैलाई धोका दिएँ

मतलब यस्तो एउटा रहस्य
जसलाई मैले बर्षौबर्ष आफैंसँग राखेको थिएँ
जस्तोकी एउटा असल साथी

मैले आज त्यो रहस्यलाई खोलीदिएँ
मैले त्यो सम्बन्धको फाइदा उठाएँ

तर यो त्यति ठूलो धोका होइन
ठूलो त खासमा
त्यो कथासँगै हुन्छ जसलाई मैले आज पूरा गरें

हामी एउटा अलग्गै दुनियाँमा सँगै बाच्यौं बर्षौबर्ष
अचानक मैले त्यो कथाको अन्त्य खोजें
र टुङ्याइदिएँ

यो हिंसा हो
जसको ग्लानी बर्षौसम्म रहन्छ

र पछि एउटा दुख बाकी रहन्छ
त्यो केहो भने अन्त्यमा सबै सामान्य बन्छ

होइन र?

यो मानव कौलको हिन्दीमा लिखित कविता "कहानी" हो । हुन त उनी अभिनेता हुन् तर मलाई गजब्बका कवि लाग्छ । यो मलाई एक्दमै मनपर्ने कविता हो जसलाई नेपालीमा अनुबाद गर्ने प्रयास गरेको छु ।

No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...