Tuesday, August 18, 2020

प्राग (Prague) (मानब कौलको कविता प्राग (Prague) को नेपाली अनुवाद)

 

त्यस्तो रहिन जस्तो तिम्ले छोडेकी थियौ

त्यही ठाँउमा अहिले पिच सडक बनेको

सबै हरियो कालो भएको

लगातार लड्ने डरले मेरा जराहरु निस्केका छ्न्

तर अझै केही त्यस्ता चऊरहरु छन्

जहाँ हामी भेट्ने गर्थेयौ

जबजबा राफीला दिनहरुमा त्यही बाटो जानेआउंने गर्छु

बाडुल्की लाग्ने गर्छ

तिमी प्राग गहिछौ कहिल्यै

गयौ भने काफ्काको चिहानमा जरुर पुग्नु

सुन्नु त्यो सान्नाटा

जब थाकेर लखतरान भएको बेला

गहिरो निद्राअ पश्चात ओछ्यानको कुराकाप्चामा रहन्छ

त्यहाँ सपना छैन्

चिसो मौन त्सान्नाटा मात्र

त्यहाँ केही छोडेर आउँनु

सुनेको छु छोडेका चिजहरुको जरा फेरी पलाउँछ । ।

No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...