Saturday, October 4, 2025

चुरा



हुन त छोरीमान्छेले चुराको कुरा गर्नु नौलो कुरा होला । तर मेरा लागि चुरा नौलो चिज हो । मैले चुरा कहिल्यै लगाएको थिइन । लगाउँन मन नलागेर वा लगाउँन नचाहेर पनि होइन । हुन त त्यस्तो समय पनि थियो जब म चुरालाई हेट पनि गर्थे । तर अब त्यो समय गुर्जि‘सकेको छ । कुनै समय बंगालि लेखक तसलिमा नर्सिनको ठूलो फ्यान बन्न पुगेकी मैले, उनलाई नै साक्षि राखेर सोच्ने गर्थे चुरा पोते श्रृगारले हामी सबैलाई बाध्न गर्छ । अर्को मनले भन्थ्यो अब म त्यसरी बाधिन चाहन्न । त्यस्तै त्यस्तै कुराले श्रृगार पनि आकर्षित कहिल्यै भैन ।

तर कता कता मनले कहिलेकाही अरुजस्तै छोरीमान्छे बन्न नचाहेको पनि होइन । तर चुरा नलगाउँनुमा यो सब कारण भन्दा पनि मेरो साइजको चुरा नपाउँनु प्रमुख थियो । चाहेर पनि मैले मेरो उमेरअनुसारको आफ्नो साइजको चिज कहिल्यै पाइन । आज पनि म जुत्ता क्ड्स् िसेक्सनबाट किन्छु । नर्मल पसलबाट कपडा र जुत्ता किन्न छोडेको बर्षौ भयो । म पसलेले कति साना गोडा कति पातलि तपाइको साइजको कहाँ हुँन्छ भनेको सुन्न सक्दिन । मलमा गएपछि मेरो साइजको छ वा छैन भन्ने झन्झटबाट मूक्त भैन्छ । चुराको केस पनि त्यही हो । मलाई कहिलेकाही अरुले लगाउँदा लगाउँन मन नलागेको पनि होइन । तर आफ्ना हात नर्मल मानिसका भन्दा साना भएकाले मेरो साइजको नपाउँनु प्रमुख कुरा थियो ।

यो महिना अनायासै एक पसलमा पुग्दा मैले मलाई मिल्ने चुरा भेटेँ । मलाई लगाउ लगाउ भयो । मैले एक दर्जन रातो चुरा हातमा लगाएर हिड्दा अनौठो अनुभूती भयो । मैले पहिलोपटक छोरीमान्छे मात्र भएझै महशुस गरेँ । बजार बजार हातभरी रातो चुरा लगाएर हिड्दा सबैले मलाई नै हेर्दैछन् कि भन्ने पनि लाग्यो । लाज पनि लाग्यो तर मन फूरुङ्ङ पनि भयो । बजारभरिका मानिसले आफैँलाई हेरेझैँ भयो । तर दुई दिन भन्दा बढी लगाउँन सकिँन ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...