Monday, October 13, 2025

हुरी


प्रिय तिमी, 

जीवन कथा झै कहाँ छ र । म तिमीलाई दुखी छु पनि भन्न चाहन्न । कसैलाई दुखी बनाइसकेपछि दुखी छु भन्नुको मतलब हुँदैन । थाहा छ, त्यहाँ शरद ऋतु चल्दै छ । प्रकृति मस्त फर्किएको होला । तर प्रकृतिझै मानिस पनि किन आफ्नै रहरमा मस्त भुल्न सक्दैन । मलाई आफ्नै बन्धनहरुले पिरोल्छ । कहिलेकाही लाग्छ प्रकृतिको अंश भएर पनि हामी कहिल्यै अंश बन्न सकेनौ । यीनै यीनै दुखेसाहरु बिच आफैँलाई खोज्नु बाहेक अरु बिकल्प छैन । तिम्रो जीवनको मालिक तिमी नै हौ । म तिमीलाई अझ दुखी बनाउँन चाहन्न जस्तो त्यसैमा रमाउ ।

उही 

तिम्रो चिठी पुग्ने ठेगाना

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...