भर्खरै बुकर पुरस्कारको ओवसाइडमा एउटा लेख प्रकाशित भएको छ । जसमा किन जापानी र कोरीयन लेखकहरु अंग्रेजी पाठकमाज बिश्वभरी चिनिदैछन् भनेर ब्याख्या गरीएको छ । लेखमा सारा साफी भन्छिन्, “ जापानी लेखकहरु मानविय संवेदनाका त्यस्ता पाटाहरुबारे बोल्छन् जो हामी दजरअन्दाज गरीदिन्छौ । “ लेखमा उनी मियाको कावाकामीको नाम पनि लिन्छिन् । जापानी भाषामा लेखे पनि बिश्वभरीकै पाठकका लागि मियाको कावाकामी नौलो नाम होइन । यसअघि प्रकाशित उनका पुस्तकहरु “बिस्ट एन्ड एग” र “हेवेन” ले उनलाई बिश्व पाठकमाझ मात्र पुर्याएन बुकर पुरस्कारमा सुचिकृत पनि गरायो । उनी अहिले बिश्वभरी पठिने जापानी लेखकमा पर्छिन् । उनका आख्यानका बिषयबस्तुले ठूला कुरा त गर्दैनन् तर पाठकको मन भने मज्जाले चोर्छन् ।
पछिल्लो समय उनको पुस्तक “अल द लभर्स इन द नाइट” ले उनलाई फेरी बिश्वमाझ पुर्याएको छ । पुस्तकको शिर्षकले प्रेमीहरुको रातको कुरा गरे पनि उपन्यास प्रेम कथा भने होइन । यो त्यस्तो कथा जसमा एकात्मकता छ, उपन्यासको प्रमुख पात्र फूडियाकोलाई नियाल्दा लाग्छ संसार प्रेममा अडिएको छ भने पनि सबैले सोचेजस्तै प्रेमलाई अनुभूत गर्न सजिलो छैन । कविताझै सरर बग्ने उनको कथा बाचन शैलीले हामी सबैलाई पात्रको दुख र सुखको साक्षि बनाउँछ ।
उपन्यास फुडियाकोको कथा हो । उमेरले तीस कटिसकेकी उसको जीवनमा एकान्त र एक्लोपन बाहेर अरु केही छैन । उ कुनै अमूक प्रकाशकको लागि पु्रफरिडरको काम गर्छे । उसलाई नियाल्दा यस्तो लाग्छ उसँग जीवनमा सेलेब्रेट गर्नको लागि एक्लोपनबाहेक अरु केही छैन । प्राय अरु मानिसझै उ पनि उमेरको एक कठिन परिस्थितमा छ । तीसले उसलाई जीवनका ठहरावहरु मात्र दिएको छैन जीवनबारे अरु धेरै तनावहरु पनि थपिदिएको छ । उ सधै गरिरहेको काममा खुसी पनि छैन । एक्ली छ तर एक्लोपनमा रमाएकी पनि छैन । उसलाई गहिरेर हेर्दा उ त्यस्तो पात्र हो जोसँग जीवनको निस्सारताको एक अर्को अध्याय छ । तर उसको उपस्थितिलाई हामी निस्सार भन्न भने सक्दैनौ । सायद उ हुनुको सार त्यही निस्सारता भित्र नै छ ।
उपन्यासको सुरुवातमै प्रमुख पात्र भन्छिन्, “रात किन यति सुन्दर हुन्छ थाहा छ किन कि यसले हामीलाई रुने स्वतन्त्रता दिन्छ” , सायद लेखकले दिएको रातको बिम्बले कथानक बारे धेरै बोल्छ । उमेरले तीस कटिसक्दा पनि कहिल्यै प्रेमलाई अनुभुत नगरेकी फुडियाकोको लागि सायद रात त्यस्तो समय हो जहाँ उ खुलेर आफूलाई पोख्न सक्छे । सायद उसको स्त्रित्वको कसैले सम्बोधन गर्न सक्छ भने सायद रातले नै गर्न सक्छ ।
उपन्यास धेरै पात्रहरुले भरीएको छैन । सायद लेखकलाई लाग्यो उनले जे बोल्दैछ फूडियोको मार्फत नै बोल्दैछन् । तथापी उसँगै उ भन्दा फरक अर्कि पात्र छ हिजारी जो फूडियोको भन्दा फरक छ । उमेर र कामको उहिँ परिस्थितिमा अल्झिएपनि फूडियोको जस्तो उसको जीवन एक्लो छैन । उसले प्रेमलाई बुझेकी पनि छ र प्रेम भन्दा बाहिर निस्किएकी पनि छ ।
No comments:
Post a Comment