हरेक दिन पर्खन्छु जसरी दिनले घामलाई पर्खन्छ । जसरी रातले जुनलाई पर्खन्छ । जसरी कागजले अक्षरलाई पर्खन्छ । हो पर्खिरहेछु । मैले दिनहरु गन्न छोडेकी छु । रातहरु आफ्ना झै लाग्छन् । सपनाहरुमा यदाकदा झुल्कन्छौ । तर सपनामा तिमीलाई भेटेर पनि भेट्न सक्दिन । सपनाहरु अधुरा नै बनेर टुगिन्छ ।
सायद एक सपना । सायद एक पर्खाइ । बर्षौ देखी कुरेकी कुनै लाहुरेकी स्वास्नीझै म पनि यदाकदा तिम्रै नाममा फूलहरु फुलाउँछु । यदाकदा मन्दिरमा जाँदा धुपबत्ती बाल्छु । तिम्रा लागि केही भाकल गर्छुृ । अधुरो नै सही पर्खन्छु र पर्खिरहन्छु ।
कहिलेकाही निद्रामा तिमी देखियौ भने म बिउँझन चाहन्न । सपनामै सहि तिमी हुनुको अनुभूती सुन्दर बनिदिन्छ । कथाझै म आफूलाई कल्पिन्छु । नहनु पनि कति पिडादायक छ । पर्खदा पर्खदा आँखाहरु नथाक्लान् भन्न पनि त सकिन्न । कथाझै तिमी कतै फर्किएनौ भने । भूगोल कुनै दस्चर्क बनेर हामी बिच आइदियो भने । मनले त के के भन्छ । तर पर्खन्छु । सायद म जीवनभरी पर्खिदिन सक्छु ।
हिजो राती पर्खे । अस्ति बिहान पर्खे । बर्षहरु पर्खे । उडेका तिमी फेरी उडेरनै फर्कन्छौ कि भन्ने नलागेको पनि होइन । खोइ थाहा छैन कहिले तिमी फर्कनेछौ । कहिले मेरो पर्खाइ सिद्घिनेछ ।
No comments:
Post a Comment