Tuesday, August 7, 2018

बिद्रोहको यात्रा

आज फेरी सेतो क्यानभाषमा
मैले कालो रंग पोतिदिएँ
थाहा छैन
तिम्रा इन्द्रेणीहरुले मलाई
कसरी हेर्नेछ्न् भोली
सायद यो कठिन हुनेछ
बिद्रोहको यात्रा ............
म फूल होइन मुस्कुराइरहन सकिन । ।

हरेकपटक
तिम्रो इन्द्रेणी
मेरो रहेन ....
तिम्रो रंग
मेरो भएन.......
तिम्रो परिभाषा
मेरो बनेन.......
सायद तिमीजस्तो नहुनु
जीवनका थुप्रै क्यानभाषमा कालो पोत्नु रहेछ
आज फेरी सेतो क्यानभाषमा
मैले कालो रंग पोतिदिएँ । ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...