Sunday, August 19, 2018

पर्खाइ

कुनै दिन लागेको थियो
पर्ख मात्र पर्ख
फूलहरु फुल्नेछ्न् कुनै दिन
तिम्रै बगैचामा
चराहरु गाउँनेछ्न्..........
त्यस दिन चराहरुको गीत तिम्रो हुनेछ
सदासदाको लागी आउँनेछ परको क्षितिज
तिम्रै छेउ
र भन्नेछ अब म टाढाको रहिन
आउ! छोउ! महशुस गर !
लागेको थियो पर्खाइको फल सारै सुन्दर हुन्छ्
बिडम्बना आज पर्खाइको अन्तिम विन्दुमा
म भन्नेछैन्
पर्ख मात्र पर्ख.............
आज रित्तो आकाशमा
म टुक्रीएका धुमिल छाँया मात्र देख्दैछु । । 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...