Saturday, July 21, 2018

मौन सिम्फोनी

जीवनको रंग यती फिका फिका.........
लाग्छ कहिलेकाही
लाग्छ भरिदिउँ तिम्रो  रंग
भरिदिउँ मेरो रंग.….
थाहा छ
बुझ्न गार्हो छ
बुझाउँन अझै गार्हो
सायद मैले गल्ती गरें!
तिम्रा मौन प्रश्नहरुको जवाफ
मौनतामै दिएँ !
सबै मौनता प्रिय हुँदारहेनछ्न्......
जस्तोकी सबै मौन रातहरु
माफ गर!
समयले सबैलाई पर्खदोरहेनछ
आज तिम्रा मौन गीतहरुमा
फेरी मैले मौन सिम्फोनीहरु भरिदिएकी छु । । 

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...