Saturday, July 21, 2018

मौन सिम्फोनी

जीवनको रंग यती फिका फिका.........
लाग्छ कहिलेकाही
लाग्छ भरिदिउँ तिम्रो  रंग
भरिदिउँ मेरो रंग.….
थाहा छ
बुझ्न गार्हो छ
बुझाउँन अझै गार्हो
सायद मैले गल्ती गरें!
तिम्रा मौन प्रश्नहरुको जवाफ
मौनतामै दिएँ !
सबै मौनता प्रिय हुँदारहेनछ्न्......
जस्तोकी सबै मौन रातहरु
माफ गर!
समयले सबैलाई पर्खदोरहेनछ
आज तिम्रा मौन गीतहरुमा
फेरी मैले मौन सिम्फोनीहरु भरिदिएकी छु । । 

No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...