Saturday, July 7, 2018

अस्पष्टता

उडिरहेका चराहरु
फूलिरहेका फूलहरु
वा दिनहुँ सपना बोकेर हिंडिरहेका पाइलाहरु
मजस्तै
अथवा तिमीजस्तै
शब्द शब्दलाई जीवनको वाक्य मानेर
रमाइरहेका हृदयहरु
खै कोही देख्दिन स्पष्ट
खै कहाँ छ सग्लोपन?
खै कहाँ छ स्पष्टता?
म बिना चस्मा हेरिरहेछु
देख्दैछु धमिलो मात्र धमिलो
खाली कागज
बताससँगै उडिरहने छरपष्ट अक्षरहरु
खै केहि देख्दिन स्पष्ट
धमिलो मात्र धमिलो। 

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...