Saturday, July 15, 2017

यथार्थ

हिजो देखेका सपनाहरु
आज मात्र इतिहास बनेर
उभ्भिएका छ्न मेरा अगाडी
म नतमस्तक बनेर हेरिरहेछु
खसिरहेको आशाको पर्वतलाई.........
अरुको इतिहास कती सजिलै छिचोलिदिन्छौं
र सम्झिदिन्छौं
तर आफ्नै मौन इतिहास
बेलाबखत पिरोल्छ आफैंलाई!
सपनाको मानचित्रले
आफ्नै कक्षलाई नाघेर अरु कसैको संघारमा पुगेको बेला
म तिनै मौन इतिहासको
विष्मृतिमा  पुग्ने गर्छु....
 आज पात झरेर नाङ्गो भएको रुखझैं
बाटो विर्सिएर अर्कैको गन्तव्यमा पुगेको यात्रीझैं
यथार्थको अर्कै कोलाज मा पुगेको छु
र हरदम आफ्नै प्रतिविम्वमा
अरु कसैलाई देखिरहेछु ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...