मौन छु । मौनताको कामना गर्दछु । हल्ला गनुृ छैन । तर कोलाहल बिच पनि कहिलेकाही मौनता बाकी रहन्छ । जहाँ सार बिच पनि निस्सारता रहन्छ । म अर्थ खोज्दिन । अनौठा सान्नाटालाई अपनाएँझै गर्दिन्छु ।
आफैँलाई छोप्न कहिलेकाही आवाजहरु मिसाउँछु । तर त्यसले खासै अर्थ राख्दैन । आवाज कहिलेकाही मौनता पनि हो । भित्र शुन्य भएर पनि कहिलेकाही आफ्नो अस्तित्वको अर्थ खोज्छौ । जो बेर्थ छ । यही बेअर्थ बिच रुमलिरहन्छ जीवन ।
किन जीउँने ? कसको लागि जीउँने ? जीउँनुको के अर्थ ? प्रश्न त सोध्छ नि मन । तर उत्तरहरु छैनन् । एक सारहिनतालाई सार ठानि घिर्षनु छ । यसरी नै चलर्दैछ छ । धेरैलाई लाग्दैछ यही हो जीवन । हो भने हामी यसैको लागि जन्मेका हौ त ? होइन भने किन यस्तै कुरा चल्दैछ ।
No comments:
Post a Comment